मह जोडी डिसेम्बर तेस्रो साता बेलायतमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

लन्डन/ वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रस्तुति बेलायतमा हुने भएको छ । उनीहरुको प्रस्तुतिको नाम ‘मह जोडी यूके टुर’ राखिएको छ । त्यसको तयारी बेलायतमा भैरहेको समाचार स्रोतले जानकारी दिएको छ ।
यही डिसेम्बर तेश्रो साता च्यारिटी कार्यक्रमका लागि श्रेष्ठ र आचार्य (मह) बेलायत आउन लागेको बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले जनाएको छ । उनीहरुको बेलायतको लागि भिजा लागिसकेको र यही २० डिसेम्बरमा बेलायत आउने तयारीमा भएको सेन्टरका सिइओ भीम तामाङले जानकारी दिएका छन् । मह जोडीको पहिलो कार्यक्रम आउंँदो २३ डिसेम्बर दिउँसो ह्यारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम क्रिसमस इभ अर्थात् २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुने तय भएको जानकारी तामाङले दिए ।
ह्यारोमा हुने कार्यक्रममा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने बताइएको छ । यसैगरी कार्यक्रमको बीचबीचमा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने जनाइएको छ ।
यसरी गरिने कार्यक्रमको टिकट अहिलेदेखि नै विक्री थालिएको पनि जनाइएको छ । अहिले नै टिकट लिए प्रवेश शुल्क जम्मा २५ पाउण्ड लाग्ने र पछि यो वृद्धि हँुंदै जाने जानकारी पनि आयोजकले गराएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *