योगका अनुयायीहरु बनभोजमा रमे

Nayabimarsha (Weekly Newspaper from Nepal)

पिएमणि भट्टराई

बराहक्षेत्र (सुनसरी)/ जेष्ठ नागरिक, प्रौढ, युवा, सानासाना नानीहरु खुशीले रमाइरहेका देखिन्थे । मंगलबार विहान ७ बजे इनरुवाको बलाहाबाट शुरु भएको खुशीको बसको यात्रा सखुवागाछी राधाकृष्ण मन्दिर, महेन्द्र चौक, भोक्राहा, प्रकाशपुर, राजाबासहुँदै बराहक्षेत्र न.पा. ९ स्थित रामधुनी बन उपभोक्ता समूह सालबनीमा पुगेर रोकियो ।
यात्रा बनभोजको थियो । जीवन विज्ञान प्रयोगशाला इनरुवाका चार समूहले संयुक्त रुपमा जीवन विज्ञान इनरुवा नगरपरिषदको आयोजनामा भएको सो बनभोज कार्यक्रम ग्रामीण भेगको अति मनमोहक ठाउँ सालबनीमा रहेको थियो । यात्रामा कहिल्यै त्यो ठाउँ नपुगेका व्यक्तित्वहरुले सो क्षेत्रको यात्रामा भरपुर आनन्द महसुस गरेको पनि बताए । विदाको दिन भएर पनि होला सयौंको संख्यामा उपस्थिति थियो । इनरुवा मात्र नभए र इटहरी, रामधुनी, प्रकाशपुर लगायतका स्थाहरुबाट समेत योगमा सामेल हुन योग साधकहरु जम्मा भएका थिए ।
बनभोजमा गएका योगका युवा साधकहरु राम्रो कपडामा सजिएर नाचेको देख्दा पौढहरु तथा जेष्ठ नागरिकहरु के कम उहाँहरु पनी छमछमी नाच्नु भयो रमाउनु भयो । बनभोजमा मिठो परिकार खान पाइने नाच गान गर्न पनि पाइने भएकाले सबैको अनुहार उज्यालो देखिन्थ्यो । तस्वीर खिच्नमा सबै व्यस्थ देखिन्थे । सबै समूहले छुट्टाछुट्टै नित्य प्रदर्शनी समेत गरेका थिए ।
त्यस क्षेत्रका स्थानीय बासिन्दाहरु पनि सहयोगी भावनाका देखिन्थ्ये । उनीहरुले बनभोज कार्यक्रमका लागी त्रिपाल पकाउने भाडा लगायतका सामाग्रीहरु निःशुल्क प्रदान गरेर मित्रवत् व्यवहार दर्शाए । त्यहाँ रहेको स्थानीय श्री शिशु आधारभूत विद्यालय अति सुन्दर मनमोहक, पठन पाठनमा अति राम्रो भएको पूmलबारीले सजिएको रहेको छ, बनभोजका सहभागीले मुक्तकण्ठले प्रशंसा गरे । उनीहरुले भने यस्तो विद्यालय शहर बजारमा पनि छैनन् । स्थानीयहरु भन्छन् ‘यो सबै हुनुमा अभिभावकहरुको सक्रियताले भएको हो ।’
त्यहाँ बनभोजमात्र थिएन । त्यहाँ योग गुरु रामप्रसाद ढकालको विदाई कार्यक्रम पनि रहेको थियो । उहाँलाई मायाको चिनो कोशी प्रदेशका संयोजक केदारमान कार्कीले प्रदान गरेका थिए । वनभोज कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका संयोजक केदारमान कार्कीले इनरुवामा योगका साधकहरु बढेको प्रति खुशी व्यक्त गरे । उनले योग र ध्यानबाट जीवनमा ऊर्जा थपिने भएकाले सबैले साधना गर्नु पर्ने सल्लाह दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *