चित्रकलाको समापनमा प्रधानमन्त्री

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउने काम भएको बताएका छन् । काठमाडौंमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को समापनका अवसरमा प्रधानमन्त्री दाहालले चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउन कलाकारहरुले ठूलो योगदान रहेको बताए ।
नेपाल प्राकृतिक रुपले अन्त्यन्त सुन्दर र मौलिक भएकाले चित्रकलाका पारखीहरुले ठोस आकार दिएर चित्रकलामा रुपान्तरण गरेपछि त्यसले दिने सन्देश निकै शक्तिशाली हुने उनको भनाइ छ । बुधबार प्रदर्शनीको समापन समारोहमा प्रधानमन्त्री दाहालले प्रदर्शनीमा राखिएका ५० देशका चित्रकारले बनाएका दुई सय चित्रहरु अवलोकन पनि गरेका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चित्रकलाका सर्जकहरुलाई प्रधानमन्त्री दाहालले सम्मानपत्र पनि वितरण गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *