वीर अस्पतालमा मनपरी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ वीर अस्पतालमा विभिन्न थरीका अनियमितता हुने गरे पनि पछिल्लो समयमा फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गर्ने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिएका छन् । अनुगमनका क्रममा भने २०७८ देखि पुरानै सम्झौताअनुसार खरिद भइरहेको पाइएको मिश्रले बताए ।
अस्पताल प्रशासनले भने तीनवटा फार्मेसीका लागि औषधि प्रक्रिया पूरा गरेरै खरिद गरेको दाबी गरेको छ । मिश्रले अनुगमनका क्रममा अत्यावश्यक औषधि फार्मेसीमा नभएको, अनावश्यक औषधिस्टोरमा राखेको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको दाबी गरेका छन् ।
उता, अस्पतालका निर्देशक सन्तोष पौडेलले फार्मेसीको नेतृत्व यसबीच तीन पटक परिवर्तन भएकाले बोलपत्र आह्वानमा समस्या देखिएको स्वीकारेका छन् । बीमाबाट आउनुपर्ने रकम छ महिनासम्म पनि नआउँदा आपूर्तिमा समस्या भएको दाबी उनले गरेका छन् । यसैगरी प्राविधिक जनशक्ति अभावले अस्पतालद्वारा सञ्चालित तीनवटा फार्मेसी २४ घण्टा सञ्चालन गर्न नसकिएको भनी उनले आफ्नो बाध्यता पोखे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *