भक्तपुरमा ‘फर्चुन रिसोर्ट’

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ हिलटेक कम्पनीले भारतीय होटल गु्रप आईटीसीसँगको सहकार्यमा एक अर्ब रुपियाँबराबर लगानीमा भक्तपुर साँगामा ‘फर्चुन रिसोर्ट एन्ड वेलनेस स्पा’ सञ्चालनमा ल्याएको छ ।
आईटीसी ग्रुप अफ होटल्स अन्तर्गत फर्चुन होटलले नेपालबाट अन्तर्राष्ट्रिय यात्रा शुरु गरेको जनाइएको छ । हिलटेक कम्पनीका सञ्चालक कमल जैनले फर्चुन रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । भारत बाहिर अन्तर्राष्ट्रिय यात्रा शुरुवातमा पहिलो शाखा नेपालमा खोल्न पाउँदा आपूmहरु निकै हर्षित भएको भनी फर्चुन होटलका प्रबन्ध निर्देशक समिर एमसीले ‘सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकको पहिलो रोजाइमा पर्छ । त्यसैले हामी हाम्रो सञ्जाल प्रयोग गर्दै फर्चुन होटलको सुविधा नेपालमा ल्याउन चाहन्छौं ।’ भनी आफ्नो मन्तव्य सार्वजनिक गरेका छन् ।
‘विश्वकै अग्लो शिव मूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्ट बनेको छ, यो अवधारणाले नेपाल आउने पर्यटकहरूको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्ने छ,’ उनले भनेका छन् ।
फर्चुन रिसोर्टमा फराकिलो ब्यांक्वेटहरू छन् । यसले विवाह गन्तव्यका रूपमा पनि चर्चा कमाउन सक्ने सम्भावना देखिन्छ । शान्त वातावरणमा शान्ति खोज्नेका लागि रिसोर्ट उपयुक्त गन्तव्य हुनेछ । एक पटकमा ६ सय पर्यटक अटाउन सक्ने रिसोर्टमा कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटयुक्त सुइट छन् । शाकाहारी खाना पारखीलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका शाकाहारी खानेकुरा उपलब्ध हुन्छ । त्यस्तै नेप्चुन बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिरा उपलब्ध हुने रिसोर्टले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *