हिमालयन अन्तर्राष्ट्रिय अवार्डको रौनक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण भएको हो ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ ।
यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीत÷संगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई हिमालयन विशेष साहित्य साधना सम्मान’ अर्पण गरिएको थियो ।
‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई ‘हिमालयन पत्रकारिता रजत सम्मान’ प्रदान गरिएको थियो । यसैगरी वरिष्ठ पत्रकार शान्तिप्रियलाई ‘हिमालयन पत्रकारिता विशेष सम्मान’, विनोद देवकोटालाई ‘हिमालयन पत्रकारिता सम्मान’ र किरणप्रसाद अधिकारीलाई मोफसल पत्रकारिता सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ ।
प्रमुख अतिथि मन्त्री उप्रेती, विशिष्ठ कलाकार वसुन्धारा भुसाल, वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, अवार्डका अध्यक्ष गणेश सुवेदी र संयोजक गीता अधिकारीले उनीहरुलाई खादा, माला, सम्मानपत्र प्रदान गरेका थिए ।
समारोहमा अधिकारकर्मी जगदीशप्रसाद अधिकारी, वरिष्ठ साहित्यकार हरि शर्मा, साहित्यकार रमेश दाहाल, युवा उद्यमी मिर्जा राशिद वेग, लोकदोहोरी गायिका शर्मिला तामाङ, सुनिता नेपाली, वरिष्ठ कस्मेटोलोजिस्ट मन्दिरा खड्का र व्यवसायी अभिशेष विक्रम शाहलाई पनि सम्मान अर्पण गरिएको थियो ।
म्युजिक कम्पोजर शाहस शाक्य, पत्रकार तुलसी गिरी ‘भावुक’, गायक महेन्द्रराज बराल र संजीवसिंह रानालाई जुरी सम्मान गरिएको समारोहमा पाटन प्याथ ल्याव प्रा.लि., नोर्डिक एजुकेशन कन्सल्टेन्सी प्रा.लि. र सुमन ड्राइभिङ सेन्टरलाई आभार पत्र हस्तान्तरण गरिएको थियो ।
स्रष्टा सर्जकलाई सम्मान गर्ने उद्देश्यले शुरु गरिएको अवार्डलाई यस वर्ष पनि निरन्तरता दिइएको अवार्डका अध्यक्ष सुवेदीले बताए । भाषा, साहित्य कला संस्कृतिका सर्जकलाई सम्मान गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउँदै आ–आफ्नो क्षेत्रबाट कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने सबैमा धन्यवाद व्यक्त गरिन् । उनले आगामी संस्करण नेपाल बाहिर गर्ने तयारी रहेको पनि जानकारी गराइन् । वुमेन्स एरा मिडिया ग्रुपकी अध्यक्ष प्रतिमा राईले अवार्डका विषयमा प्रकाश पारेकी थिइन् ।
समारोहमा भजनमा ज्ञानेन्द्र गदाल ‘कृष्ण कन्हैया’, राष्ट्रिय गीतमा गोपालप्रसाद थपलिया ‘देशको माटो’, आधुनिक गीतकार पुरुषमा प्रकाश सुवेदी ‘फूल राम्रो सूर्यमुखी’, आधुनिक गीतकार महिलामा प्रतिमा गुरुङ ‘आमा बाबा’, संगीतकार आधुनिकमा महेश्वर पन्त ‘ज्युदो देवता’ले अवार्ड प्राप्त गरेको घोषणा गरिएको थियो ।
यस्तै संगीत संयोजन आधुनिकमा बलराम राजवंशी ‘माया हाम्रो’, आधुनिक गायकमा हेमन्त शिशिर ‘मेरो लागि तिमी’, आधुनिक गायिकामा समीक्षा अधिकारी ‘जीवनको रेल’, आधुनिक युगल गायनमा रमेश पाठक÷रचना रिमाल ‘मायाकै पिर’, आधुनिक गीत निर्देशकमा सोनाम पार्खिन ‘अधुरो सपना–२’, आधुनिक गीत मोडल पुरुषमा राज टाइगर ‘धरहरामा बस्यो माया जाल’ र आधुनिक गीत मोडल महिलामा सरस्वती खत्री ‘तिमीलाई ज्यान दिन्छु’ बाट अवार्ड चुम्न सफल भए ।
त्यस्तै, ध्वनि मिश्रणमा कुमार के.सी. ‘यहीँ कतै’, छायांकारमा गंगाराम राई ‘सल्लेरी वनमा’, सम्पादकमा दिन्शन शाह ‘कृष्णजीकी राधा’, गजलमा डा.कृष्णहरि बराल ‘अचानक’ ले अवार्ड उचाल्नु भएको थियो । यसैगरी लोकपपमा सुरेन गौतम, ‘सल्लेरी पाखाहरू’, आधुनिक नवगायकमामा स्याडरोज ‘अदृश्य माया’, आधुनिक नव गीतकारमा गणेश घिमिरे ‘देवता भाकी’, नवमोडल महिलामा एलिना थपलिया ‘तक्दिर’, लोक तथा दोहोरी गायकमा चेतबहादुर बुढाथोकी ‘रेलको बाटो’, लोक तथा दोहोरी गायिकामा काव्य आचार्य ‘एैना काइँयो’ ले अवार्ड प्राप्त गरेका थिए ।
त्यस्तै, लोक तथा दोहोरी शब्दमा कृष्ण भारद्वाज ‘डम्बरकुमारी’, लोक तथा दोहोरी लयमा मदन नेपाली (सुफिक्स) ‘लाग्छ माया लाग्दैन’, लोक तथा दोहोरी गीत निर्देशनमा जनक सिंह ‘गरिदेउ विदा’, लोक तथा दोहोरी मोडल पुरुषमा सागर लम्साल ‘पिरैले सुकाउँछ ज्यान’, लोक तथा दोहोरी मोडल महिला एन जेड शालु ‘लुकी लुकी’, टेलिचलचित्रमा रश्मि पाण्डे माकुरी ‘सक्कि गो नि’ र श्रृंगारमा विक्रम गौतमले ‘भगवान कसम’ बाट अवार्ड उचाल्न भएका थिए ।
समारोहमा कल्चर गीतमा छिरिङ लामा मोडललाई ‘ङन्जेन जोम्सेदु’, लोक तथा दोहोरी गीतमा सुमी पराजुली ‘चुम्मा चपक्कै’, मोडल आधुनिकमा रोशन श्रेष्ठ ‘ओ लम्भी’, टेली चलचित्रमा सरिता राजोपाध्याय ‘बुहारी’ बाट जुरी अवार्ड प्राप्त गरे । सुवाषकुमार मण्डलले ‘हर स्वासमा’ इन्करेजमेन्ट अवार्ड र सुरज श्रेष्ठले लोकपप गीत ‘बेनी बजारमा’ बाट पब्लिक च्वाइस अवार्ड प्राप्त गरे ।
समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, विरिष्ठ कलाकार उत्तम के.सी., गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, कलाकार ओम प्रतिक, नेपाल सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल (जोगिन्दर पानवाला), महामन्त्री रोशनी के.सी., चलचित्रकर्मी मनोज भेटवाल, गायिका देविका वन्दनाको उपस्थिति रहेको थियो । यसैगरी गायक शिशिर योगी, संगीतकार सन्तोष श्रेष्ठ, नायक गजित विष्ट, चलचित्र वितरक गोपलकाजी कायस्थ, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, निर्देशक माधवराज खरेल, कलाकार सनम कठायत, एनिमेटर अच्युत बजगाईं, कलाकार निर्देशक शाश अधिकारी, गीतकार भरत बमजन, निर्देशक रामकाजी घिमिरे, कलाकार कृष्ण शिवाकोटी, गायिका सारिका घिमिरे, कोरियोग्राफर÷निर्देशक नारायण रिजाल, गायक माधव भण्डारी, गीतकार तथा पत्रकार सुमन वैरागी, किशन अर्याल, भोला रिजाललगायत विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *