भक्तपुर अस्पतालमा बेलायती अनुदान

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ काठमाडौँ उपत्यकाकै दोस्रो जेठो अस्पताल मानिने भक्तपुर अस्पतालमा बेलायती सरकारले दिएको आर्थिक अनुदानले अस्पतालको मुहार फेरिन पुगेको छ । सोही कारण १८ करोड रुपियाँको सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्न अस्पताल प्रशासन सफल भएको हो ।
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत बर फेनले नवनिर्मित भवनको उद्घाटन मंगलबार गरेका हुन् । भक्तपुर अस्पताल न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरी देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको अस्पताल हो । यसको स्तर वृद्धिमा नयाँ भवनको योगदान रहने स्वास्थ्यमन्त्री श्रेष्ठले विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले भक्तपुर अस्पताललाई तीन सय शैयामा स्तर उन्नति गर्ने प्रदेश सरकारले निर्णय गरिसकेको जानकारी गराए ।
सो अवसरमा नेपालका लागि बेलायती राजदूत बर फेनले भक्तपुर अस्पतालको प्रगतिप्रति सन्तोष व्यक्त गरेका थिए । उनले आफ्नो देशको तर्फबाट भक्तपुर अस्पताललाई थप आर्थिक, भौतिक एवं प्राविधिक सहयोग पु¥याउने इच्छा पनि जाहेर गरेका थिए । नवनिर्मित भवन सञ्चालनमा आएको र यसले सेवामा धेरै सुधार भएको अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बताइन् ।
उक्त भवनमा लिफ्टयुक्त चार तला रहेको बताइएको छ । सो भवनमा शल्यक्रिया, आइसीयु र एनआइसियु लगायतका सेवा रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *