सुन कारोबारीकोमा हुन्डी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हुन्डी कारोबारको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएको छ । ठमेलस्थित होटल भियनामा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको ब्यूरोले जनाएको छ ।
अमला रोकाले सञ्चालन गरेको उक्त होटलमा ब्यूरोले छापा मारेको हो । रोका ६१ किलो सुन तस्करीका मुख्य योजनाकारको आरोपमा थुनामा रहेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती रहेको बताइएको छ । रोका त्यस प्रकरणमा फरार छिन् ।
ब्यूरोका प्रवक्ता होविन्द्र बोगटीले छापा मारेको पुष्टि गर्दै उक्त होटलमा विगतमा सुन तस्करीको अनुसन्धानको क्रममा राजश्व अनुसन्धान विभागले पनि छापा मारेको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *