श्रीलंकाका राष्ट्रपतिलाई राष्ट्रपतिको आग्रह

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ लामो समयदेखि श्रीलङ्काको कारागारमा रहेका तीन नेपालीलाई आममाफी दिएर रिहा गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आफ्ना समकक्षीलाई पत्र पठाएर उक्त आग्रह गरेका हुन् ।
श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई पत्राचार गरेको शीतल निवास सम्बद्ध स्रोतले जानकारी दिंदै ती नेपाली नागरिकमा चेतबहादुर थापा, तेजबहादुर तामाङ र सुकबहादुर तामाङ रहेको पनि जनाइएको छ । उनीहरूलाई लागू औषध कारोबारमा संलग्न रहेको अभियोग लागेको स्रोतले बताएको छ ।
उनीहरूको सजाय मानवीय आधारमा आममाफीको अनुरोध श्रीलङ्काली राष्ट्रपतिलाई गर्न भनी मन्त्रिपरिषद्ले निर्णय गरेकाले त्यसैको आधारमा राष्ट्रपति पौडेलले पत्र पठाएको स्रोतले दाबी गरेको छ । तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ सालमा भारतको गोवामा भएको ब्रिक्स सम्मेलनको क्रममा भेटवार्तामा तात्कालीन श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरसेनासँग मृत्युदण्ड सुनाइएका ललितपुरका थापालगायतको फैसलामा पुनर्विचार गर्न आग्रह गरेका पनि स्रोतले बताएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *