विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल इन्जिनियरिङ कलेज (नेक) को स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण दिइएको छ ।
नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिजले आयोजना गरेको अभिमुखीकरणमा एम.एस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टकाबारेमा जानकारी दिइएको बताइएको छ ।
कार्यक्रममा कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले शैक्षिक कार्यक्रमहरु महत्वपूर्ण रहेको भन्दै कलेज सदैव गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । देशकालागि चाहिने विशिष्ट जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिइएको बताउँदै नेक सिपिएसमै पढेका व्यक्तिहरु नेपाल सरकारका विशिष्ट ओहदामा पुगेका, राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा पुग्न सफल भएका भनी गर्व पनि गरे । विद्यार्थीहरुको सिकाईका लागि सिपिएस कार्यक्रमकै लागि अनुभवी १२ जना फ्याकल्टीहरु उपलब्ध रहेको भण्डारीले बताए ।
नेक सिपिएस कार्यक्रमका संयोजक प्रा.डा. तुसिता चाँदनी शाहीले दिनभरी काम गर्ने, बेलुकी पढ्ने र घरमा पारिवारिक कार्य गर्दै अध्ययनलाई अगाडि बढाउनु चुनौतिपूर्ण रहे पनि आपूmहरु कसरी हुन्छ विद्यार्थीको पढाई र सिकाईलाई सहज होस् भन्ने वातावरण बनाउन लागिपर्ने बताइन् ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा सन् १९९९ देखि पोस्ट ग्राजुएट तहमा चारवटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ । साँझको समयमा पढाई हुने भएकाले सिपिएस कार्यक्रममा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यरत कर्मचारी, फ्रिल्यान्सरहरुको आकर्षण छ । काम गर्दै मास्टर्स गर्न चाहनेहरुका लागि नेकले सञ्चालन गरेको सिपिएस कार्यक्रम महत्वपूर्ण रहेको बताइएको छ ।
सन् १०९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापना भएको कलेजमा सिटिइभिटीको डिप्लोमा होल्डर्स विद्यार्थीहरुले समेत अध्ययन गर्न पाउँछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *