प्रदीपले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौंं/ नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं.५ का सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आगामी बजेटमा समावेश गर्नुपर्ने बहुबर्षीय योजनाका बारेमा ध्यानाकर्षण गराएका छन् ।
सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहँदा नेता पौडेलले बजेटमा समावेश गर्नुपर्ने योजनाका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । काठमाडौं उपत्यकाका एवं सिंगो राष्ट्रका आम नागरिकका जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू सरकारको नीति तथा कार्यक्रमका बहु वर्षे आयोजनाका रूपमा सूचीकृत गराई तत्काल् कार्यान्वयनका लागि आवश्यक बजेटको विनियोजन गरिदिनका लागि प्रधानमन्त्रीसँग आफूले अनुरोध गरेको उनले ‘नयाँ विमर्श’ लाई जानकारी गराए ।
सांसद पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्र भित्रका मुहान पोखरी, विष्णुपादुका र चण्डेश्वरीमा रहेका खानेपानीका स्रोतहरू संकलन गर्न एकीकृत पानी संकलन केन्द्रको स्थापना गरिनुपर्नेमा उनले जोड दिएका छन् । यसैगरी ट्याङ्की निर्माण गरी वितरणका लागि शिवपुरी खानेपानी राष्ट्रिय गौरव परियोजनालाई बहु वर्षे आयोजनाका रूपमा सूचिकृत गराई बजेटको विनियोजन गर्न माग गरेका छन् ।
रिङरोड दोश्रो खण्ड कलंकीदेखि धोबीखोला चाबहिल विस्तार परियोजना, विष्णुमती नमूना करिडोर राष्ट्रिय गौरव परियोजना, टुकुचा खोला ढल व्यवस्थापन र टोखा न.पा. वडा नं.२ मा रहेको भूतखेलमैदान खेलकुद विकास योजनालाई आगामी बजेटमा पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सांसद पौडेलले जानकारी दिए ।
आयोजनाहरुको कार्यान्वयन पश्चात खानेपानीको तथा धुवाधुलोको समस्या हल गर्न, राजधानीको वातावरण स्वच्छ राख्न लगायत सहज सडक प्रणालीले नागरिकको समय बचत गर्न तथा समग्रमा जीवनस्तर माथि लैजान महत्वपूर्ण हुने पौडेलले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *