प्रदेशबाट विशेष राहतको मांग

Nayabimarsha (Weekly Newspaper from Nepal)

जनकपुरधाम/ मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंँग विभिन्न दलका नेताहरुले भेंट गरी आगलागीबाट पूर्णतः जलेको मटीहानीको जरलहवा टोलका जनताका लागि प्रदेश सरकारबाट विशेष राहत सहयोगको मांग गरेका छन् ।
तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, काँग्रेसका नेता जीवनाथ ठाकुर, तमलोपाका रविशंकर सुभाष, उमेश मण्डल, विभा ठाकुर, विमला साह, वैद्यनाथ साहसहितको प्रतिनिधि मण्डलले त्यस्तो माग गरेको हो ।
पुनः बसोबासको अहिलेसम्म कुनै व्यवस्था नभएको र जनता विचल्लीमा रहेको भन्दै प्रतिनिधि मण्डलका सहभागीहरुले एकद्वार प्रणालीको नाममा अरुलाई राहत वितरण गर्न अवरोध खडा गरिरहिएको खबरप्रति समेत विरोध प्रकट गरेका थिए । प्रशासन, स्थानीय सरकार, प्रदेश र संघीय सरकार राजनीतिक क्रेडिटको निमित्त यस्तो गर्नु नहुने, राजनीतिक समर्थनको आधारमा सहयोग वितरण गर्न नहुने र जनताको पैसाबाट गरिने सरकारी सहयोगमा व्यक्ति वा नेताको हालीमुहाली चल्नु नहुने भन्ने धारणा नेतागणले राखेका थिए ।
गत बैशाख १२ गते सो टोलमा आगलागी भई करीब डेढ सय घर पूर्णतः नष्ट भएको थियो । प्रदेश सरकारले कुनै विशेष राहत–सहयोगको घोषणा नगरेकोमा क्षोभ प्रकट गर्दै यथाशीघ्र कदम उठाउन मांग गरेको छ ।
यसैगरी प्रतिनिधि मण्डलले पूरै मधेश प्रदेशमा भूमिगत जलको सतह स्वाट्टै झरेर दैनिक उपयोग र पेयजलको अभाव भएको समस्याप्रति समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गरायो । चुरे भावरसंग सम्बन्धित वातावरणीय समस्या इत्यादिको बारेमा समेत ध्यानाकर्षण गराउँदै भूमिगत जलको रिचार्जिंगको निमित्त अल्पकालिन÷दिर्घकालिन परियोजना संचालन गर्न आग्रह गरे ।

मधेश प्रदेशमा यस अवधिमा हत्या र दुर्घटनाका घटनाहरु दिनानुदिन बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै प्रतिनिधि मण्डलले यसलाई त्तकाल नियन्त्रण गर्नु पर्ने भन्दै सुरक्षा क्षेत्रलाई यसप्रति सजग गराउन मुख्यमन्त्रीसंग अनुरोध गरेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *