‘अग्निचक्षु’ मञ्चन हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौंं/ नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि मञ्चन हुने भएको छ । उक्त नाटक काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने बताइएको छ ।
साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने सो नाटकमा जीवित देवी कुमारीको विषयलाई नाटकको विषयबस्तु बनाइएको नाटकका परिकल्पनाकार तथा निर्देशक झकेन वि.सी.ले जानकारी दिएका छन् । नेपाली संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरूलाई समेटेर नाटक पारिएको लेखक चन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । कला र संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएकाले त्यसको संरक्षणका लागि यो नाटकको विषयबस्तु छनौट गरिएको भनी उनी बताउँछन् ।
जीवित देवी कुमारी पुज्ने देशको रूपमा नेपाल विश्वमा परिचित भएकाले त्यसलाई नाटकको रुपमा मञ्चन गर्ने प्रयास भएको आयोजकले जनाएका छन् ।
नाटकमा मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धीरज थापा मगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, चक्रप्रसाद पोखरेलले अभिनय गर्ने बताइएको छ । सङ्गीत परिकल्पना तथा संयोजन अनुप तिमिल्सिना को रहेको अवस्थामा प्रत्यक्ष सङ्गीतमा शर्मिला गुरुङ, इन्द्रमान महर्जन, प्रतीक प्रजापति रहेका छन् भने कोरियोग्राफी जे.डी.तमुको रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *