उपन्यास ‘कर्ना’ को लोकार्पण

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ मिलन शाह–शंकरको उपन्यास कृति ‘कर्ना’ को लोकार्पण गरिएको छ । शिल्पी नाटकघरमा एक विशेष समारोहबीच प्रा.डा.सुरेन्द्र के.सी.ले उक्त कृतिको लोकार्पण गरेका हुन् ।
पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह शंकर, साहित्यकार लेखनाथ पोख्रेल, वरिष्ठ संगीतकार राजु सिंह, रेडियो नेपालका बोर्ड सदस्य तथा गायक सीताराम पोख्रेल, कृतिका सम्पादक कृष्ण भुसाललगायतले कृतिको लोकार्पणमा सहभागिता जनाएका थिए । स्रष्टा शाह–शंकरले विविध कारणबस यो कृति पाठकमाझ आउन एक दशक लागेको बताए । महाकाव्यकार तथा कृतिका भूमिकाकार वरिष्ठ साहित्यकार खेमनाथ दाहालले कर्नाले उठाउन खोजेको विषय बस्तुमाथि प्रकाश पारे ।
यसैगरी पुस्तकको समीक्षा गर्दै प्रा.पुरुषोत्तम दाहालले १० वर्षे सशस्त्र हिंसाले धेरै घाउहरू दिएको बताउँदै यस कृतिमा पनि त्यसले समाजमा निम्ताएको घटनालाई उजागर गरेको बताए । जातीय छु्वाछूत समाजको एक कंलक रहेको यसलाई हटाउन सबैले पहल गर्नुपर्ने धारणा उनले राखे । मिलाप पब्लिकेशनका अध्यक्ष एवं पत्रकार कृष्ण भुसालको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सहजीकरण गीतकार तथा निर्देशक गणेश सुवेदीले गरेका थिए । मिलाप पब्लिकेशन प्रा.लि.ले प्रकाशन गरेको ३६४ पृष्ठको यो कृतिको मूल्य रु.५९९ राखिएको छ ।
कार्यक्रममा वरिष्ठ कलाकार उत्तम के.सी., चलचित्र निर्देशक विनोद सेरेङ्ग, रिमेश अधिकारी, रामशरण कोइराला, रवि कार्की, शेखर लामा, लिगेश भट्टराई, शास अधिकारी, अच्युत बजगाईं, नायिका तथा गायिका सारिका घिमिरेको उपस्थिति थियो । यसैगरी साहित्यकार डि.आर. राई, राधा भण्डारी, रमेश दाहाल, राधा दुलाल कार्की, रंगकर्मी घिमिरे युवराज, युवा उद्यमी तथा व्यवसायी कृष्ण श्रेष्ठ, विकास लामिछाने, नायिका तथा गायिका सारिका घिमिरे, कलाकार अर्विन याक्थुम्बा, समाजसेवी हरिमाया श्रीस पुनको पनि उपस्थिति थियो ।
सोही अवसरमा आमा कमला फाउण्डेशनको पनि अनावरण गरियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *