विकासको गतिमा फड्को मार्दै बराहक्षेत्रको नगर प्रमुख रमेश कार्की

Nayabimarsha (Weekly Newspaper from Nepal)
पिएमणि भट्टराई

चक्रघट्टी (सुनसरी)/ बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले गरेका दुई बर्षको कामको मूल्याङ्कन गर्दा जनप्रतिनिधिहरुले नगरबासीको माग र आवश्यकतालाई धेरै हदसम्म पूरा गरेको र नगरबासीको समस्याप्रति जिम्मेवार रहेको बताइने गरिएको छ ।
शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, नदी नियन्त्रण लगायतका काममा नगरबासीले कार्कीको नेतृत्वको विकासको कामको प्रशंसा गर्ने गरेको स्थानीयबासी बताउँछन् । उनले पदग्रहण गरेदेखि नै नगरपालिकालाई उत्कृट नगर बनाउने अभियानमा लागिपरेको नगर प्रमुख कार्की बताउँछन् ।
नगरपालिकाले आत्मसाथ गरेको नारा ‘समृद्ध बराहक्षेत्रको आधार, कृषि पर्यटन र दिगो पूवार्धार’ लाई सार्थक तुल्याउन दुई बर्ष अहोरात्र खटेको कार्की भन्छन् । नगरबासीप्रति उत्तरदायी भएर विकासलाई गाउँका कुना कुनासम्म पु¥याउने, शिक्षा गाउँका दुर दराजसम्म पु¥याउने, स्वास्थ्यमा नगरबासीको पहुँच पु¥याउने जस्ता कार्यलाई उनी अघि सारिरहेको बताउँछन् ।
प्राकृतिक तथा दैवी प्रकोप नियन्त्रण, राहत तथा उद्धारका कार्यमा सचेतना अपनाउने, सार्वजनिक सम्पत्तिको रक्षा गर्ने, खोला नालाहरुको अतिक्रमण हटाउने लगायत धेर्रै उपलब्धीहरु नगरबासीहरुलाई पु¥याएको उनको दाबी छ ।

पर्यटकीय क्षेत्रको विकास तथा धार्मिक पर्यटनमा पनि नगरले उपलब्धीमुलक कार्य गरेको उनको दाबी छ । प्राचीन हरिद्वार चतराधाममा भएको १२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न कार्कीले खेलको अहोरात्र मेहनतले सफल बनाएको स्थानीय रमेश बस्नेत बताउँछन् । मेलामा करिब ७० लाख देश विदेशका भत्तजनहरु सहभागी हुनु र मेलाको व्यवस्थापनमा सहअध्यक्षको भूमिका सफल ढंगले निभाउन उनी सफल भएको बताइन्छ ।
महिलाहरुलाई सिपमूलक तालिम, युवाहरुलाई खेलकुदमा आकर्षण गराउने सामग्री, कृषकहरुलाई कृषि उपकरण अनुदान , दुर्लभ वन्यजन्तुहरुको संरक्षण लगायत भौगोलिक विकटता भएको यस नगरलाई विकासमा जोड्नु कार्कीको सफल कार्यक्षमता मान्छन् बराहबासी ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *