काठमाडौँ/ नेपाल–फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकलाई नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय सहसचिव एवं युरोप अमेरिका डिभिजनका डिभिजन प्रमुख गणेशप्रसाद ढकाल र फिनल्यान्डको तर्फबाट परराष्ट्र मन्त्रालयका अन्तर्राष्ट्रिय विकासका उपसचिव पासी हेलम्यानले नेतृत्व गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपाल–फिनल्यान्ड सम्बन्ध र द्विपक्षीय सहयोगका बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ । दुवै पक्षले नेपाल–फिनल्यान्ड सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तोष व्यक्त गरेका थिए ।
दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र साझेदारी अभिवृद्धि लगायतका सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा उनीहरुले जोड दिएको पनि बताइएको छ । फिनल्यान्डले पानी, सरसफाइ र स्वच्छता, शिक्षा र जलवायु उन्मुखता जस्ता विभिन्न क्षेत्रमा निरन्तर विकास सहयोग गरेकोमा नेपालले धन्यवाद दिएको थियो ।
फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक सम्पन्न
Facebook Comments Box