मन्त्री पट्याउन सिपालु कठपुतली सचिवहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अस्थिर सरकारका कारण मन्त्रीहरुलाई विभिन्न प्रलोभन र प्रभावमा पारेर देश र जनताको हितमा भन्दा आफ्नो स्वार्थपूर्ति गर्न लालायित सचिवहरुको सूचीको चर्चा चल्न थालेको छ ।
यसरी चर्चामा आउनेहरुमा भौतिक पूर्वाधार तथा यातायात सचिव गोपाल सिग्देल र भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नाम चर्चामा छ । भौतिक पूर्वाधार तथा यातायात सचिव सिग्देल पछिल्लो पटक गत २०८० चैत १५ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार २०८० चैत १७ गते भौतिक मन्त्रालयमा भित्रिएका थिए । त्यसअघि सिंचाई र ऊर्जा मन्त्रालयको सचिव बनेका सिग्देललाई गत २०८० फागुन २१ गते एमाले–माओवादी गठबन्धनका उपप्रधान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भित्र्याएका थिए ।
त्यसअघि भौतिक मन्त्रालयका सचिव रहेका केशवकुमार शर्माले मन्त्री महासेठको स्वार्थ पूरा गर्न नमान्दा सचिव सिग्देलले मोटो रकमको थैली बुझाएर भौतिकमा छिरेको जानकारहरुले बताएका छन् । अब काँग्रेस–एमालेको सरकार बनेपछि एमालेबाट राष्ट्रियसभाको सदस्य बनेका देवेन्द्र दाहाल भौतिक मन्त्री बनेको अवस्थामा परिस्थितिले कोल्टे फर्ने बताइएको छ ।
मन्त्री दाहाल झापा निवासी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । मन्त्री दाहाल भौतिकमा नयाँं र अनुभव नभएकाले मन्त्रालय बालुवाटारले चलाउने बताइएको छ । मन्त्री पट्याउन सिपालु सिग्देलको अस्त्रले काम नगर्ने र मन्त्रीले क्याडर बसेको, खोजी गर्दा फेरि शर्माकै संभावना बढेको सिंहदरबारमा चर्चा चलेको छ । सचिव सिग्देल ऊर्जा मन्त्रालयतिरै फर्कने जानकारहरुले बताएका छन् । सरुवा–बढुवा र ठेक्कापट्टाको कमिशनप्रति सचिव सिग्देलको बढी मोह रहेको समाचार श्रोतले जानकारी दिएको छ ।
यता, भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी सचिव दुवाडीले पनि मन्त्रीको कठपुतली बनेर मन्त्रालयमा एकलौटी गरेको आरोप लागेको छ । पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता चौधरीलाई खड्का थरका विथौलियामार्फत घर लगायत बैंक ब्यालेन्सको बन्दोबस्त मिलाइदिएका सचिव दुवाडी लामो समयसम्म यही मन्त्रालयमा बसेर कमाउन र रमाउन केन्द्रित रहेको समाचार श्रोतले बताएको छ । पछिल्लो पटक पनि भूमि व्यवस्थामै फर्किएका मन्त्री बलराम अधिकारीलाई पनि सचिव दुवाडीले राम्रै व्यवस्था गरिदिने भुक्तभोगीहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *