भक्तपुरमा बाढी

Nayabimarsha (Weekly Newspaper from Nepal)

भत्तपुर/ भक्तपुरका विभिन्न स्थानमा बाढी पसेर क्षति पु¥याएको छ । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण भक्तपुरका नदी आसपासका क्षेत्र डुवानमा परेका हुन् ।
सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पु¥याएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । पुरानो जगाती पुल नजिकको ठाडो खोलाको बाढी पस्दा सिरक–डसनामा क्षति पुगेको छ । त्यहाँ अनुमानित १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यसैगरी चाँगुनारायण नगरपालिका ८ मा लक्ष्मी प्रजापतिले सञ्चालन गरेको साइन उडन फर्निचरमा पनि त्यत्ति नै बराबरको क्षति भएको जनाइएको छ । व्रह्मायणी खोलाको बाढी पसी फर्निचर उद्योगका प्लाई र मेसिनमा क्षति पुगेको बताइएको छ ।
बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानका बस्ती जलमग्न भएका छन् । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती, गोदाबरी लगायतका नदी तथा खोलाहरुमा बाढी आएका कारण डुबान भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *