सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौंं/ छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । इस्वी संवत् २०२५ को जनवरीको अन्तिम सातामा महोत्सव आयोजना हुने आयोजकले जनाएको छ । उक्त चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको जनाइएको छ ।
महोत्सवमा राष्ट्रियतर्फ ३४ वटा र अन्तर्राष्ट्रियतर्फ १०८ वटा चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु छनोटमा परेका आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्रिय चलचित्रहरुमा बुलाकी, पुजार सार्की, एक भगवत एक गीता, विच्छेद, पँखेटा, डेसान, डेस्टिनी चलचित्रहरु समावेश छन् ।
त्यस्तै विभिन्न विधाका छोटा चलचित्ररुमा रित्तो गाउँ, द स्कुल वाल, डाकिनी, निर्देश, थ्रेसहोल्ड, बालक हराएको सूचना, आदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै चलचित्र, लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएका छन् । सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट चलचित्रहरुलाई अवार्ड वितरण गरिने जनाइएको छ ।
मौलिक कला, संस्कृतिको संरक्षण, संवद्र्धन र चलचित्र विकासको लागि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिरहेको आयोजकले जानकारी दिएको छ । सम्बन्धित निकायहरु आफैले कला, चलचित्र र संस्कृति संरक्षण र संवद्र्धनका कार्यक्रमहरु गर्नुपर्नेमा विगतका चलचित्र महोत्सवहरु आयोजना हुँदै गर्दा सम्बन्धित निकायहरुबाट साथ, सहयोग नपाएको महोत्सव निर्देशक सन्तोष सुवेदीले गुनासो व्यक्त गरेका छन् ।
यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, उत्कृष्ट बालबालिका चलचित्र, उत्कृष्ट सांस्कृतिक चलचित्र, उत्कृष्ट डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरिएको छ । महोत्सव काठमाडौंमा आयोजना हुने आयोजक टीमले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *