अष्ट्रेलियामा बेपत्ताको खोजीमा खरेल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काभ्रेपलाञ्चोक/ अस्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखे सम्पर्कविहीन भएका छन् । उनको खोजीका लागि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका नगर प्रमुखले सक्रियता देखाई राजदूत फेलिसिटी भोल्कलाई भेट गरेका छन् । खरेलको अगुवाइमा नेपालस्थित अस्ट्रेलियन राजदूतावासमा पुगेर राजदूत भोल्कलाई निवेदन बुझाइएको थियो ।
बोलाखे गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका बताइएको छ । उनलाई प्रहरीले खोजी गरिरहेको छ ।
सो अवसरमा नगरप्रमुख खरेलले राजदूत भोल्कलाई ‘सुभाष’को कागजातसहित खोजबिनका लागि निवेदन दिएको बताए । दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएकोबारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रहसमेत गरेको बताइएको छ ।
१० महिनाअघि अष्ट्रेलियामा अध्ययनका लागि गएका सुभाष निरन्तर परिवारकै सम्पर्कमा रहेका बताइएको छ । उनीसँगै बस्दै आएका एक जना साथी विवाहका लागि नेपाल आएको समयमा घटना भएका कारण उनी कसैलाई केही नभनी सम्पर्क बाहिर रहेका बताइएको छ ।
२८ वर्षीय सुभाषलाई कोग्रा प्रहरीले सिड्नी सिविडी, कोग्रा, बालमियान, बेक्स्ली क्षेत्रमा आवत जावत गरेका कारण यिनै क्षेत्रमा खोजी अघि बढाएको जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *