सहकारीपीडीतहरुले जनसागर उतार्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

पिएमणि भट्टराई

काठमाडौ/ सहकारीपीडीतहरु बचतफिर्ताका लागी सरकारसंँग पटक पटक वार्तामा बस्दा पनि न्याय नपाएपछि आगामी आइतबार काठमाडौंमा पीडितहरुले जनसागर उतार्ने तयारीमा जुटेका छन् ।
पीडितको बचत रकम फिर्ता गर्न सरकारले तदारुपता नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको सहकारीपीडित बचतकर्ता महासंघका केन्द्रीय अध्यक्ष कुसलव के.सी.ले जनाएका छन् । ‘हाम्रो रिले अनसन १०१ दिन पुग्दैछ आइतवार, रत्नपार्क शान्तिबाटीकामा धर्ना बसेको सय दिन हुन लाग्यो कसैले सुन्दैन । अब छलफल होइन सरकारलाई घुँडा टेकाउने गरी र अविलम्ब पीडितको रकम फिर्ता गराउने शर्त बाहेक हामीसंँग कुनै विकल्प छैन उनले भने । पीडितहरुको खातामा करोडौं करोड छ तर निकाल्न पाएका छैनन् । अधिकांशं बृद्वहरु, महिलाहरु, सानो ब्यापार ब्यवसाय गर्नेहरु मारमा परेका छन् । सरकारको रवैयाँ सहकारीहरुलाई जोगाउने र बचतकर्ताहरु रुवाउने नियत देखिन्छ । सहकारीहरुले बचतकर्ताहरुलाई उपचार गर्न समेत पैसा नदिदा पीडितहरुको ज्यान जोखिममा पर्दै गएको छ ।’ उनले भने ।
पीडितहरुले रकम पाउन कति समय कुर्न पर्ने हो, हामीले न्याय कहाँ पाउने, हामीलाई बचाउने सरकार खोइ ? एक बृद्व बचतकर्ताले भने, ‘मेरो एक करोड ३५ लाखभन्दा माथि छ उक्त रकम मैले कहिले पाउँछु ?’ यस्ता धेरै उदाहरण छन् देशभरीका पीडित बचतकर्ताहरुको । सरकारले सहकारीलाई समस्याग्रस्त देखाएर सञ्चालकलाई जोगाउने खेलमा लागेको घाम जत्तिकै छर्लङ्ग छ । सहकारीलाई जोगाएर पीडीतहरुलाई अन्याय गर्नु सरकारको लागि ठूलो भुल हुने सरोकार वालाहरुको भनाइ छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *