बी.पी.जयन्तीको तयारीमा डिला

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर / नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग बी.पी.कोइरालाको १११औं बी.पी.जयन्ती मनाउने तयारीमा जुटेको छ । विभागका संयोजक डा. डिला सङ्ग्रौला पन्तको अध्यक्षतामा बसेको बैठकले “बी.पी.को समाजवाद र बुद्धिजीवीको भूमिका” विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेको छ ।
बी.पी.कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री तथा कांग्रेसका संस्थापक नेता हुन् । त्यसैले भदौ २५ गते विचार गोष्ठी गरी कोइरालाका विचारहरूको वर्तमान सन्दर्भमा महत्व र सान्दर्भिकताबारे गोष्ठीमा चर्चा गरिने संङ्ग्रौलाले जानकारी दिइन् । यो विचार गोष्ठीलाई बी.पी.को सोच र सिद्धान्तको पुनरावलोकनको अवसरको रूपमा लिइने उनले बताइन् ।
यसका अतिरिक्त विभागले वार्षिक रूपमा सञ्चालन गर्ने विविध कार्यक्रम र कार्य तालिका तयार गर्ने निर्णय पनि गरेको छ ।
गत साता कांग्रेसका सभापति शेरबहादुर देउवाले विभागमा १० जना सदस्यहरु मनोनयन गरेपछि विभागको यो पहिलो बैठक रहेको बताइएको छ । विभागका सदस्यहरुमा डा.लोकनाथ दुलाल (ललितपुर), अधिवक्ता डा.विष्णु बस्याल (पाल्पा), डा.तवस्सुम सिद्दिकी (बाँके), अधिवक्ता देवराज अवस्थी (कैलाली) र विपद् व्यवस्थापन विज्ञ मनबहादुर थापा (चितवन) लाई मनोनीत गरिएको थियो । यसैगरी इ.दीलिपकुमार झा (सप्तरी), इ.मनोज घिमिरे (मोरङ), प्रा. गणेश शाही (दैलेख), प्रा. डम्बरबहादुर विक (पर्वत) र विजय सम्बाहाम्फे (तेह्रथुम) पनि सदस्यका रुपमा मनोनीत भएका छन् ।
विभागले गत भदौ ६ गते समाजवादी चिन्तक स्व. प्रदप गिरीको स्मृतिमा नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *