नथिङ् बन्यो फास्टेस्ट ग्रोइङ स्मार्टफोन ब्राण्ड

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ युनिक डिजाइन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ । आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल मच्चाउन यो संस्था सफल भएको हो ।

नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सिजी मोबाइलले नथिङ् नेपाली बजारमा दुई महिना अघि आधिकारिक रुपमा लञ्च गरेको हो । चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रत्यक्ष संलग्नतामा नथिङ् नेपाली बजारमा भित्रिएकोले यो ब्राण्डप्रति चौधरी समूहको लगाव र संभाव्यता बोकेको ब्राण्ड भएको प्रष्टै देखिएको भनी उपभोक्ताहरुकाबीचमा चर्चा चल्ने गरेको छ ।

“अन्तर्राष्ट्रिय बजारमा नथिङ्ले जुन रफ्तारमा आफूलाई अगाडि बढाउन सफल भएको छ त्यही लयमा नेपाली बजारमा नथिङलाई अगाडि बढाउन हामी अग्रसर भइसकेका छौं“, सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले भने । नथिङ्ले स्मार्टफोनमा मात्र नभएर बड्मा समेत ७६९ प्रतिशतको बृद्धि हासिल गरेको दाबी गरिएको छ ।
टाढैबाट डिजाइनमा अलग देखिने नथिङ्ले आफ्नो दोश्रो ब्राण्ड सिएमएफ सन् २०२३ मा लन्च गरको थियो । प्रतिस्पर्धी बजारमा बढी उपभोक्ता माझ पुग्नका लागि प्रतिस्पर्धी मूल्यका स्मार्टफोन, बड्स् तथा स्मार्टवाच समेत सिएमएफले उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिकसम्म आइपुग्दा ६९३ प्रतिशतको बार्षिक वृद्धि हासिल गर्न सफल भएको बताइएको छ । यो अप्रत्यासित बृद्धिदर हासिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ फोन टु ए को मुख्य भूमिका रहेको मार्केट रिसर्च फर्म क्यानालिसले आफ्नो रिपोर्टमा उल्लेख गरिएको छ ।

स्मार्ट फोन डिजाइन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाइन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाइन गरिन आवश्यक छ भन्दै नथिङ्कका संस्थापक कार्ल पेईले आफ्नो पहिलो स्मार्टफोन फोन वानलाई प्रिमियम लुक्स र डिजाइनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । आम उपभोक्ताले यसलाई अत्याधिक रुचाए ।

यो विश्व बजारको तात्कालिन फ्ल्यागसिप किलर बन्न सफल भयो । जसको दोश्रो संस्करण फोन टु प्रति उपभोक्ताको उस्तै उत्साहजनक प्रतिक्रिया रहेको भनी कम्पनीले जनाएको छ । यसले उत्साहित भएको नथिङ्ले उही डिजाइन ल्याङ्ग्वेज र उही प्रिमियमनेसमा अझ एफोर्डेबल बनाउँदै नथिङ् फोन टु ए विश्व बजारमा उतारेपछि नथिङ् ठूला स्मार्टफोन उत्पादकलाई ठूलो चुनौती बन्ने देखिएको छ । भारत जस्तो मूल्यमा ज्यादै संवेदनशील बजारमा नथिङ् फोन २ ए एकै दिनमा एक लाख युनिट विक्री गरेर रेकर्ड कायम गर्न सफल भएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *