पलेशालाई सम्मान र पुरस्कार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ पेरिस पारालिम्पिक–२०२४ मा ऐतिहासिक कांस्य जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनको नेपाल आगमनसँगै भव्य स्वागत गरिएको छ । बुधबार बिहान स्वदेश फर्किएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै स्वागत गरिएको थियो । उनको स्वागतमा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ लगायत पुगेका थिए ।
उनलाई हजारौं समर्थकसहित नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् पु¥याइएको थियो । त्यहाँ खेलकुदमन्त्री चौधरी, सदस्यसचिव घिसिङ, तेक्वान्डो संघका पदाधिकारी लगायतले सम्मान गरेका थिए ।
पलेशाले आफूले जितेको मेडल राष्ट्रका लागि भएको भन्दै त्यसले गौरव महसुस भएको बताइन् । उनले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ के.जी. तौलसमूहमा काश्य पदक जितेकी थिइन् । उक्त पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक बताइएको छ ।
यसैबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीद्वारा पनि सम्मान गरिएको छ । यसैगरी नेपाल सरकारले उनलाई ६५ लाख रुपियाँ नगद पुरस्कार पनि प्रदान गर्ने भएको छ । उनले पाउने पुरस्कार बापत लाग्ने कर पनि छुट गराउने प्रक्रिया सरकारले थाल्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *