फरवार्ड माइक्रोफाइनान्स लाभांश वितरणमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

सुनसरी/ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । संस्थाले १४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको संस्थाले जनाएको छ । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूले पाउनेछन् ।
ग्रामीण अर्थतन्त्रलाई चलायमान गराउन र महिलालाई आत्मनिर्भरतातर्फ जोड्न फरवार्डले गाउँगाउँमा पुँजी पु¥याउँदै आएको जनाइएको छ । संस्थाले देशका ४० जिल्लाहरुमा आफ्नो शाखा सञ्जाल फैलाएको छ । संस्थामा करिब तीन लाख महिला सदस्यहरु रहेको संस्थाले जनाएको छ ।
सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको संस्थाको हाल चुक्तापुँजी एक अर्ब पाँच करोड ५५ लाख रूपियाँ रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *