बंगलादेशी नागरिक पक्राउ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ नेपालमा गैरकानूनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रवेशाज्ञा सकिएपछि पनि गैरकानूनी तवरले नेपालमा बसिरहेका उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको सूचनाको आधारमा उनीहरुमाथि निगरानी बढाइएको थियो । प्रहरीको विशेष टोलीले ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *