डोनाल्ड लु र देउवा भेटले राजनीतिमा तरंग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी गत मंसिर २४ गते स्वदेश फिर्ता भएका छन् । भ्रमणका क्रममा सहायक मन्त्री लुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायतका नेताहरुसँग भेटघाट गरेका थिए ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली झापामा भएका कारण उनसँग भेट हुन सकेन । सहायक विदेशमन्त्री लुले एमसीसी कार्यान्वयन सन्तोषजनक रुपमा अघि बढेको बताए । प्रधानमन्त्री ओलीसँग भेट नभए पनि उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग भेट गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरी नेपाललाई गर्ने सहयोगमा निरन्तरता रहने बताएको अर्थमन्त्रालय श्रोतले जानकारी दिएको छ ।
यता, डोनाल्ड लु र देउवाबीचको भेटघाटले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । नेपालको राजनीतिक बजारमा हल्लाको खेती गर्नेहरुले सरकार परिवर्तन हुने चर्चा चलाएका छन् । खासगरी प्रधामन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जानु अघि सरकार ढल्ने चर्चा शुरु भएको थियो ।
यता, नेपाल सरकारका एक प्रभावशाली मन्त्रीले अब प्रधानमन्त्री भारत भ्रमणमा जानुहुन्छ सरकार ढल्दैन, यो हल्ला २०८४ सम्म नै चलिरहने बताएका छन् । अस्थिरता मच्याउने र देशको विकास भएको हेर्न नचाहनेहरुले बेलुका भट्टीमा बसेर यस्तो हल्ला चलाउने गरेको ती मन्त्रीको कथन छ । यता सरकारमा बसेर परिणाम देखाउन नसक्ने मन्त्रीहरु हटाई मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा समझदारी भएको भनी हल्ला पनि चलाइएको छ । यसअनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, बनमन्त्री ऐनबहादुर शाही, सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारीको नाम हट्ने सूचीमा राखिएको छ । अर्थमन्त्रीमा काँग्रेस महामन्त्री गगन कुमार थापाको चर्चा चलेको छ ।
यसरी राजनीीतक बजारमा अनेकौं अड्कलबाजी र हल्ला चलिरहँदा काँग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीले राम्रो काम गरेको भन्दै काँध थापेपछि शेयर बत्रजारमा सरकार ढल्ने हल्ला हल्लामात्र भएको बताइएको छ । मन्त्रिमण्डल भने पुनर्गठन हुन सक्ने जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *