‘कोइली बनैमा’ गीत बजारमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली गीती बजारमा गायक दीपेश विष्टको नयाँ गीत ‘कोइली बनैमा’ आएको छ ।
डम्बर विश्वकर्माको रचनामा तयार उक्त गीतमा विष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ । यस गीतलाई लय युस्कल छिनालले गरेका छन् । त्यसैगरी संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेका छन् ।
मायाप्रेममा आधारित यस गीतमा विशेषगरी गाउँघरमा केटाकेटी बीच बसेको मायाप्रेमलाई मुख्य कथाबस्तु बनाइएको छ । गीतमा केटाले आपूmले मनपराएकी केटीलाई तिम्रो मनमा म भए पनि नभए पनि तिमी भने मेरो मनमा सधै भरी रहिरहने छौ भन्ने कुरा देखाउन खोजिएको छ ।
त्यसैगरी केटीले म कति माया गर्छु भन्ने कुरा देखाउन मिल्दैन त्यो त मेरो मनलाई थाहा छ भन्ने जस्ता कुरा गीतका शब्दमार्फत देखाउन खोजिएको छ ।
लामो समय नेपाली गीतसंगीतमा लागेका गायक बिष्ट आफूले गरेका सबै गीत उत्तिकै राम्रा लाग्छन् भन्दै अझ यो गीतमा आफूले मात्र हैन हाम्रो सम्पूर्ण टिमले नै धेरै मेहनत गरेर तयार पारेकाले झनै राम्रो भएको दाबी गर्छन् । युट्युबमा हालेदेखि नै यस गीतलाई धेरैले मन पराइदिएको उनी बताउँछन् ।
गीतको म्यूजिक भिडियोलाई निर्देशक विनोद भण्डारीले निर्देशन गरेका छन् । गीतको मुख्य भूमिकामा पनि भण्डारी आफै रहेका छन् । उनलाई जुना विश्वकर्माले साथ दिएकी छिन् । मालाश्री स्टुडियोमा रेकडिङ गरिएको यस गीतको म्यूजिक भिडियोको सम्पादन भने मनोज कार्कीले गरेका छन् । यो गीत दीपेश विष्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *