कला जगतको उत्कृष्ट पुस्तक घोषित

Nayabimarsha (Weekly Newspaper from Nepal)

संसारको कला इतिहास चिहाउन निकै गाह्रो छ । खासगरी प्राचीन कालका कलालाई मान्यता दिनु अझ कठिन छ । यस्तोमा सबैजसो कलाका बारेमा खोजबिन गरेर पुस्तक नै लेख्नु दुसाध्य कार्य नै हो । त्यसैले पनि कलामाथि नियमित रूपमा प्रकाशन भइरहेको म्यागेजिन अपोलोले ‘द स्टोरी अफ ड्रइङः एन अल्टरनेटिभ हिस्ट्री अफ आर्ट’ लाई वर्ष पुस्तक घोषणा गरेको छ ।
म्यागेजिनले सुसन ओवेन्सद्वारा लिखित यस पुस्तकलाई सन् २०२४ मा प्रकाशन भएका अन्य धेरै पुस्तकहरूको तुलनामा निकै खँदिलो जानकारी भएको पुस्तकका रूपमा चित्रित गरेको छ । त्यसो त प्राचीन कालको कला इतिहास खोतल्दा कहिलेकाहीँ यत्तिकै कोरिएका भित्ताहरूसमेत कला बन्न पुग्छ र त्यसको महिमागान पनि हुनसक्छ भन्ने तथ्यका बारेमा औँल्याउँदै अपोलो म्यागेजिनले भनेको छः तर तिनले मान्छेमा जुन भाव ल्याउँछ, तत्काल निकाल्ने त्यस्ता भावका लागि ती कलाले भूमिका खेलेको ठान्नुपर्छ । यस्तो भाव ल्याउने कलालाई हामीले उत्कृष्ट मान्नुपर्छ । ओवेन्सले ती सारा कुराको अध्ययन गरी पुस्तक नै निकाल्नु एउटा दुसाध्य कार्य भएकाले यस पुस्तकलाई हामीले वर्ष पुस्तक मानेका छौँ ।
पुस्तकमा १३ हजार वर्षअघि कला सिर्जनाको इतिहास कोरल्दै कसरी तिनले सिर्जनाको बाटो खोलेको छ भन्ने जानकारी पस्किएको छ । १५ अध्यायमा समेटिएको यो कलाको विश्व इतिहासमा यूरोप, चीन, जापानका प्राचीनता खँगाल्दै १५ औँ शताब्दी डुलाउँदै १७ औँ शताब्दीमा कला जगतले हासिल गरेको उचाइका बारेमा पुस्तकमा उल्लेख गरिएको छ ।
ओवेन्स आफैँमा कला इतिहासकार हुन् । उनले कयौँ चित्रकला र कलाका अन्य माध्यमलाई क्युरेट गरिसकेको हुनाले उनको यस पुस्तकमा मिहिनता आउने टिम स्मिथ लाइङ लेख्छन् । अपोलो म्यागेजिनले यस वर्षका अन्य उत्कृष्ट पुस्तकहरूका रूपमा अन्य पाँच पुस्तकसमेत छनोट गरेको छ । तीमध्ये अल द्याट ग्लिटर्स, ओटी बर्गरः विभिङ फर मोडर्निस्ट आर्किटेक्चर, द इम्बेडेड पोट्रेट, मेलनचोरी वेडवुड सँगै आर्किटेक्चर इन ग्रेट ब्रिटेन एन्ड आयरल्यान्ड, १५३०‑१८३० पुस्तक रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *