भक्तपुर/ २५ डिसेम्बर अर्थात् क्रिसमस डे । विश्वभरी हर्षोल्लासपूर्वक मनाइने यो पर्व नेपालमा पनि बुधबार विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । यस पर्वमा इसाई क्रिस्चियन धर्मावलम्बी मात्र नभएर विश्वका अन्य धर्मका मानिस पनि सहभागी हुन थालेका छन् । नेपालमा पनि धार्मिक भातृत्वलाई कायम राख्न यो पर्व मनाइने गरिएको पाइन्छ ।
नेपाल सरकारले पनि यो दिन सरकारी विदा दिने गरेको छ । विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बालबालिकालाई इसाईहरुले यो दिन प्रयोग गर्ने पोशाकहरु लगाएर हिन्दूधर्मावलम्वीहरुले पनि इसाईहरुप्रति धार्मिक सद्भाव कायम राख्ने गरेको बताइएको छ ।
क्रिसमसको दिन सान्ता क्लाँज आएर मानिसको मनोकामना पूरा गर्ने जनविश्वास इसाई धर्मावलम्वीहरुमा छ । यसरी क्रिसमसको दिन विशेष रुपमा सान्ता क्लाँजको चर्चा बढी हुने गरेको अवस्थामा उनी कहाँ जन्मिएका थिए र उनको मृत्युपछि उनको शवलाई कहाँ गाडियो र अहिले उनको चिहान कहाँ छ ? भन्ने कुरालाई सो समाचारमा जानकारी दिने प्रयास गरिएको छ ।
सान्ता क्लाँजको चिहान आयरल्यान्डमा रहेको विश्वास गरिन्छ । जहाँसम्म सेन्ट निकोलसको चिहानको सम्बन्ध छ, विद्वानहरूले यो कहाँ छ भन्ने रहस्य सुल्झाउन दावी गर्न सकेका छैनन् । सान्ता क्लाँजको चिहानबारे विभिन्न विज्ञहरूको फरक फरक धारणा छन् । यो अक्सर भनिन्छ कि उनको चिहान आयरल्याण्डमा छ । कतिपयले उनको चिहान टर्कीको एन्टाल्यास्थित सेन्ट निकोलस चर्च भित्र रहेको बताएका छन् । कतिपयले उनको शव चोरेर पछि इटालीमा गाडिएको दाबी गरेका छन् । ओकोनेल जोरपोइन्ट पार्क १२औं शताब्दीको मध्ययुगीन शहर किल्केनी, आयरल्याण्डको २० किलोमिटर दक्षिणमा अवस्थित छ । यहाँ सेन्ट निकोलस चर्चको टावरको भग्नावशेषहरू १२० एकडमा फैलिएको छ ।
माइभ र जो कोनेल परिवारको घरमा उनको चिहान रहेको दाबी गरिएको छ । १३औं शताब्दीको यो भग्नावशेषमा एउटा चिहान पनि रहेको बीबीसीको रिपोर्टमा उल्लेख भएकाले यो सत्य रहेको भनी बीबीसीलाई विश्वास गर्नेहरुको तर्क छ ।
स्थानीयबासीका अनुसार माइराका सेन्ट निकोलसलाई पनि यही चिहानमा गाडिएको थियो । सेन्ट निकोलसको शव इटालीको बासिलिका डि सान निकोला चर्चको तहखानेमा गाडिएको आयरिश इतिहासकारहरूले बताउने गरेका छन् ।
संसारभर सान्ता क्लाँज भनेर चिनिने व्यक्तिको वास्तविक नाम सेन्ट निकोलस थियो । उनी आधुनिक टर्कीको दक्षिण–पश्चिममा अवस्थित पुरातन लिसियाको शहर माइरामा जन्मिएका थिए । हाल यो टर्कीको अन्टाल्या प्रान्तको हिस्साको रुपमा रहेको छ । उनी तुर्कमेनिस्तान (आधुनिक टर्की) को मायरा शहरमा २८० ईस्वीमा जन्मेका बताइन्छ । उनै सेन्ट निकोलसको जन्म प्रभु येशू (जिसस क्राइस्ट) को मृत्युपछि भएको मानिन्छ ।
उनको मृत्यु ६ डिसेम्बर ३४३ मा माइरा शहरमा भएको कुरा इसाई धर्मग्रन्थहरुमा उल्लेख छन् । अझै पनि यो धार्मिक विश्वास छ कि सान्ता क्लॉज जीवित छन् । सान्तालाई मान्नेहरुको मनमा उनी सदैव जीवित छन् भन्ने जनविश्वास रहेको पाइन्छ । माइराका सेन्ट निकोलस थिए जो सान्ता क्लॉजको ऐतिहासिक चरित्रको लागि प्रेरणा बनिरहेका छन् ।
यो विश्वास गरिन्छ कि सान्ता क्लाँज, क्रिस क्रिंगल, फादर क्रिसमस र सेन्ट निक जस्ता नामहरू एउटै व्यक्तिबाट आएको हो, जसले उपहार दिन्थ्यो । यो पनि भनिन्छ कि सेन्ट निकोलस र फादर क्रिसमस फरक थिए र समयसँगै दुबैको चरित्र मिल्यो र सेन्ट निकोलसलाई आधुनिक सान्ता क्लाँज भनेर चिनिन थालियो ।
नेपालमा मनाइयो क्रिसमस
Facebook Comments Box