काठमाडौं/ अमेरिकाका विभिन्न शहरमा नेपाली कला र संस्कृति प्रवद्र्धन गर्न फ्लाइ नेपा लागिपरेको छ । यसकालागि साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ । ‘अब नाच्छ अमेरिका २,’ ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रम आउँदो वर्ष सन् २०२५ को फेब्रुअरी तथा अप्रिल महिनामा हुने फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले जानकारी दिएका छन् ।
‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पङ्गेनी, प्रताप दास, गायिका कला लम्साल र एलिना चौहानले आफ्नो प्रस्तुति दिने भएका छन् । ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्नो प्रस्तुती दिने बताइएको छ । यस्तै, ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठ लगायतले प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ ।
गायिका लम्सालले आफूलगायत सम्पूर्ण कलाकारहरूले प्रस्तुतीको तयारी गरिरहेको बताइन् । आयोजकका अनुसार अमेरिकाको न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियालगायतका शहरमा कार्यक्रम हुनेछ ।
‘अब हाँस्छ अमेरिका’ को तयारी
Facebook Comments Box