पोशाक दिवसको अवसरमा पत्रकार अभिनन्दित

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसर पारेर यस पटक अग्रज सञ्चारकर्मीलाई अभिनन्दन गर्ने कार्य गरिएको छ । सञ्चारकर्मी नवराज बजगाईले यो अवसर पाएका हुन् ।
बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज श्रष्टा सम्मान तथा अभिनन्दन समारोहमा बजगाईलाई अभिनन्दन गरिएको हो । उनलाई राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान–२०८१ द्वारा अभिनन्दित गरिएको थियो ।
अभिनन्दन–पत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यको हस्ताक्षर रहेको छ । उक्त अभिनन्दनपत्रलाई राष्ट्रिय मधेश आयोग अध्यक्ष प्रा.डा. विजयकुमार दत्त, दलित आयोग अध्यक्ष प्रा.डा. देवराज विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मालगायतले सञ्चारकर्मी बजगाईलाई हस्तान्तरण गरेका हुन् ।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई राष्ट्रको श्रीवृद्धि तथा राष्ट्रको शिर उच्च राख्न अनवरत गरेको सत्कर्मबापत अभिनन्दन गरिएको जनाइएको छ । उनले पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत अभिनन्दन गरिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले जानकारी गराएका छन् ।
पत्रकार महासंघ काभ्रेपलाञ्चोकका सल्लाहकार र उपाध्यक्ष तथा प्रेस चौतारी काभ्रेपलाञ्चोकको अध्यक्ष र आठ वर्ष केन्द्रीय सदस्यसम्म भएका बजगाई पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी हाल प्रेस चौतारी काभ्रेपलाञ्चोक, अनलाइन मिडिया सञ्जाल र काभ्रे प्रेसका सल्लाहकार तथा नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷सम्पादक रहेर सक्रिय पत्रकारिता गरिरहेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको तात्कालिन नयाँगाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर–४, का बजगाई यसअघि पनि विभिन्न संघ संस्थाबाट सम्मानित भै सकेका छन ।
सोही अवसरमा अग्रज श्रष्टाहरु प्रा.डा.राजेन्द्र विमल, प्रा.डा. वीणा पौड्याल, राष्ट्रिय गानका प्रणेता ब्याकुल माइला, विशिष्ट साहित्यकार मोहन दुवाल, अग्रज सञ्चारकर्मीहरु अखण्ड भण्डारी, गोपीकृष्ण ढुंगाना, त्रिभुवनचन्द्र वाग्ले, प्रकाश सुवेदी, दिलिप ढकाल, प्रशान्त माली, सर्जक÷संगीतकार राजेन्द्र बजगाई, युवा अभियन्ता चक्रबहादुर चन्दलगायतलाई पनि सम्मानित गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *