काठमाडौंं/ नेपाली काँग्रेस–नेकपा (एमाले) नेतृत्वको गठबन्धन सरकारमा रमेश लेखक गृहमन्त्री बनेका छन् । गृहमन्त्री लेखक काँग्रेसमा प्रभावशाली नेता मानिन्छन् । कानूनका जानकारसमेत रहेका लेखक गत असारको अन्तिम साता गृहमन्त्री बनेका हुन् । लेखकले गृहमन्त्रालयको नेतृत्व सम्हालेपछि गृहमन्त्रालयले नीति निर्माणदेखि प्रशासन क्षेत्रमा देखिँदै आएको विकृति र बेथितिहरुमा सुधार भएको गृहश्रोतले जानकारी दिएको छ ।
वर्षौदेखि रोकिएर बसेको नागरिकता विधेयक, सशस्त्र प्रहरी विधेयक र नेपाल प्रहरी सम्बन्धी विधेयक पनि संसदमा दर्ता भएको छ । सिमा सुरक्षा र शान्ति सुरक्षा सम्बन्धी कार्यहरुले पनि गति लिएको जानकारहरुको बताएका छन् । काँग्रेसको १५औं महाधिवेशनमा महामन्त्रीका सशक्त उम्मेदवार मानिएका गृहमन्त्री लेखकका विरुद्ध काठमाडोंकै सडकहरुमा ताप्लेजुङ्गको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा ‘नो केवलकार’ समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरी राजीनामाको माग गरेका छन् ।
गत माघ १२ मा प्रहरीसँग भएको झडपका क्रममा दुईजनालाई गोली लागेको थियो । त्यसयता केवलकार विरोधी समूहले आन्दोलन चर्काउँदै पूर्वका नौ जिल्ला बन्द गरी जनजीवन अस्तव्यस्त समेत पारेका थिए । यसैको विरोधमा नो केवलकार समूहले माइतीघर मण्डलामा प्रदर्शन गरी आदिवासीको भूमि फिर्ता गर, आदिवासीलाई विस्थापित गर्ने विकास चाहिँदैन, अक्षम गृहमन्त्री राजीनामा दे, गिरफ्तार गरिएकाहरुलाई विना शर्त रिहा गरलगायतका प्लेकार्ड बोकी राजीनामा माग गरेका थिए ।
गृहमन्त्रालयमा गृहमन्त्रीको स्प्रिट अनुसार काम गर्न सक्ने गृहसचिवको अभावमा यी समस्याहरु देखा परेको समाचार श्रोतले बताएको छ । हाल गोकर्णमणि दुवाडी गृहसचिव छन् । उनी गृहका क्याडर हैनन् । माफियाहरुको बलमा गृहसचिव बनेका दुवाडीलाई परिवर्तित गर्न गृहमन्त्री लेखकले चाहे पनि सफल हुन सकेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव हुँदा सुब्बा खरिदारको सरुवामा २–४ पैसामा ¥याल काढ्ने सचिव दुवाडीलाई बुढानिलकण्ठको आशिर्वाद रहेको चर्चा चलेको छ । गृहकै क्याडर मानिने सचिवहरु पनि माफिया र विथौलियाको कारण गृहसचिव बन्नबाट उपेक्षित बनेको जानकारहरुले बताएका छन् ।

गृहमन्त्रीको राजीनामाको माग काठमाडौंमै शुरु
Facebook Comments Box