लगानी कोष र एल.सी.इनर्जीबीच सम्झौता

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एल.सी.इनर्जीले प्रतिसेयर एक सय रुपियाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपियाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने कोषले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *