नेमकिपामा विजुक्छे सर्वसम्मत

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा फेरि पनि नारायणमान विजुक्छे (रोहित) लाई सर्वसम्मत चयन गरिएको छ ।
फागुन १६ बाट शुरु भएको पार्टीको आठौं महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको स्थापना भएदेखि नै विजुक्छे अध्यक्ष रहँदै आएका छन् । यस पटक उमेरका कारण उनले अध्यक्ष छोड्ने अपेक्षा विपरित उनी नै अध्यक्ष बनेका हुन् ।
विक्रम संवत २०३१ माघ १० गते नेमकिपा स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *