कानून पढाउने ठाउँ नै विवादित

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ काठमाडौं स्कुल अफ ल ले आफु र आफ्ना पदाधिकारी माथि लगाइएका आरोपहरु तथ्य र आधारहीन रहेको जनाएको छ । कलेजले पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत लगाइएका आरोपहरु आधारहीन मात्रै होइन सामाजिक मर्यादाविरुद्ध समेत रहेको जनाएको छ ।
एउटा व्यक्तिले विना कुनै आधार र तथ्य आफ्ना प्राध्यापकहरुमाथि अश्लील गाली गलौच गर्दै विभिन्न अरोपहरु लगाउने कार्य भएको भनी विज्ञप्तिमा भनिएको छ । यसैगरी उनैले सामाजिक सञ्जालमार्फत लगाएको आरोपका आधारमा सञ्चार माध्यमहरुमार्फत सार्वजनिक भएका समाचारबारे कलेजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचार लेख्नुअघि कम्तीमा तथ्यहरुको जाँच गरिदिन कलेजले आग्रह पनि गरेको छ ।
कलेजबाट भर्खरै पास आउट भएकी एक विधार्थीले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत काठमाडौं स्कुल अफ लका कार्यकारी निर्देशक तथा प्रध्यापक डा. युवराज संग्रौला लगायत केही प्राध्यापकविरुद्ध धारा प्रवाह गाली गलौज गर्दै विभिन्न आरोपहरु लगाउने कार्य भएको थियो । घटनाक्रमहरुले निज विधार्थीको सो कार्यका कारण कलेज र कलेजका पदाधिकारी र तिनका परिवारहरु केही दिनदेखि पीडित रहेको तथ्यतर्फ ध्यानाकर्षण गराउने कार्य कलेजले गरेको छ । विज्ञप्तिमा ‘यस्ता सामाजिक मर्यादा विपिरत र मानवअधिकार विरोधी गतिविधिप्रति दुःख व्यक्त गर्नुबाहेक हामीसंँग कुनै शब्द छैन” भनिएको छ ।
यस घटनाले जुनसुकै व्यक्तिले जुनकुनै अवस्थामा जो माथि पनि आरोप लगाइदिन सक्ने अवस्थाको उजागर गर्दै यसबाट हाम्रो स्थापित सामाजिक मर्यादा र न्याय प्रणालीमाथि गम्भीर झापट हानेको समेत कलेजले जनाएको छ । सामाजिक सञ्जाल मार्फत कुनै व्यक्तिले झुटा र तथ्यहीन आरोप लगाइएका आधारमा स्थापित सञ्चारका माध्यमले समाचार बनाउने कार्यले दसकौको संघर्षबाट स्थापित यो शैक्षिक संस्था र यहाँका पदाधिकारीको मानमर्दन गर्ने काम भएको भनी कलेजले जनाएको छ ।
यदि कसैको कुनै गुनासो भए र आरोप भए त्यसको छानविनका लागि राज्यका स्थापित न्याय प्रणालीको सहारा लिनुको साटो हठात व्यक्तिको मानमर्दन हुने गरी शुरु गरिएको मिडिया ट्रायलबाट आपूmहरु दुःखी भएको बताउदै कलेजले भनेको छ ‘यस्तो प्रवृतिले कस्तो समाजको निर्माण होला ! सामाजिक सञ्जालबाटै आरोप लगाउने, त्यहीँ बहस गरिने र त्यहीँ फैसला गर्ने यही हर्कतले यो समाजलाई कहाँ पु¥याउला ?’
पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै प्राध्यापक डा. युवराज संग्रौलाले आपूm जस्तोसुकै अनुसन्धान र छानविनका लागि तयार भएको भए पनि यस घटनाबाट आरोप लगाउने व्यक्तिभन्दा उनका कारण आपूmहरु वास्तविक पीडित रहेको बताए । २५ बर्षको गौरवपूर्ण इतिहास बोकेको काठमडौं स्कुल अफ ल र आपूmमाथि नियोजित रुपमा षडयन्त्र गरी यस प्रकारको आक्रमण शुरु गरिएको बताउदै डा. संग्रौलाले भने, ‘यस कलेजमार्फत आपूmले दसकौदेखि नेपाली समाजको गौरवपूर्ण इतिहास र संस्कारलाई कायम राख्न गरेको प्रयत्नको बदलामा देशलाई राजनीतिक रुपमा मात्रै होइन सांस्कृतिक रुपमै विदेशीको गुलाम बनाउने समूहबाट नियोजित रुपमा आक्रमण गरियो । यद्यपि उठेका सन्दर्भहरुका बारेमा सम्बोधन गर्न स्वतन्त्र र निष्पक्ष छानविन समिति निर्माण गरिसकिएको जनाउँदै आवश्यक परे राज्यका अन्य निकायहरुले पनि छानविन गर्न सक्ने डा.संग्रौलाको भनाइ छ ।
आपूmकहाँ अध्ययनरत कुनै पनि आस्था र विश्वासका विधार्थीलाई कुनै पनि विभेद नगरिएको स्पस्ट गर्दै डा.संग्रौलाले ‘आपूm अभिभावक भएकाले उनीहरुलाई सही मार्गनिर्देश गर्नु र राज्यलाई असल नागरिक हस्तान्तरण गर्नु आफ्नो दायित्व भएकाले मैले त्यही गरिरहेको मात्रै हो । आफ्नो र आफ्नो समूहको मेहनतकै कारण राज्यले कानूनी अध्ययनका क्षेत्रमा एउटा अन्तराष्ट्रिय स्तरको संस्था पाएको छ ।’ स्मरण गर्दै पत्रकार सम्मेलनमा भने ।
केही दिनदेखि डा संग्रौला र काठमाडौ स्कुल अफ लका पदाधिकारीहरु विरुद्ध सिलसिलावद्धरुपमा सामाजिक सञ्जालमार्फत गाली गलौज र मिथ्या आरोप लगाउने गरिएको उनीहरुको दाबी छ । आफ्नो अभिभावकले आफ्ना बच्चाहरुलाई र एउटा शिक्षकले आफ्ना विद्यार्थीलाई सम्झाउँदा भन्ने सामान्य विषय समेत यौन दुव्र्यवहारको विषय मान्ने हो भने यहाँ परिवारको अस्तित्व कहाँ रहला ? सञ्जालमार्फत खुल्ला बार्गेनिङ गरिरहेकी ती छात्राले संग्रौला बाहेक कलेजका अन्य प्राध्यापकहरुलाई मात्रै होइन आफ्नै हजुरवुवालाई समेत बलात्कारी भएको अमर्यादित टिप्पणी गरेको भनी सो अवसरमा जानकारी दिइयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *