समाजवादी मोर्चा विरोधसभामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ विपक्षी चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा विरोधसभा गर्ने भएको छ । यसका लागि बागमती प्रदेशका १३ जिल्लाबाट मानिस उतार्ने तयारी भएको बताइएको छ ।
फागुन २७ गते बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिगामीहरू सलबलाउन थालेको निष्कर्ष निकालेको उक्त बैठकले आफ्नो शक्ति देखाउने निर्णय पनि गरेको हो । खड्गप्रसाद शर्मा ओली नेतृत्वको वर्तमान सरकारको नालायकी, देशी–विदेशी हिन्दु कट्टरपन्थी तथा प्रतिक्रियावादी शक्तिको उक्साहटमा राजावादीहरूले व्यवस्थाविरुद्ध षड्यन्त्र गरेको ठहर उक्त बैठकले गरेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले विरोध प्रदर्शनलाई सशक्त बनाउन नियमित रूपमा बैठक राख्दै आएको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए । विरोधसभामा बागमती प्रदेशका सबै जिल्लाबाट स्वतःस्फूर्त रूपमा सहभागी हुने दाबी गर्दै अन्य जिल्लाबाट पनि प्रतिनिधिका रूपमा आउन सक्ने अपेक्षा गरिएको छ । यसका लागि नेकपा (एकीकृत समाजवादी) ले विरोध प्रदर्शनमा बृहत् जनसहभागिता जनाउनका लागि पार्टी, जवस÷मोर्चा, केन्द्रीय विभाग तथा प्रदेश समिति बैठक बोलाएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि विरोधसभामा हजारौँ जनसहभागिता हुने दाबी गरेको छ । सो दलका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रतिगामी कदमलाई रोक्नका लागि आफूहरुको प्रदर्शनी योगदानयुक्त हुने अपेक्षा गरिएको बताउँछन् ।
महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि सो प्रदर्शनीमा सहभागी हुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *