काठमाडौं/ बालगीत परियोजनाअन्तर्गत स्वस्तिश्री गुरुकुल आइ.बी.वल्र्ड स्कुल, सानोभ¥याङ, काठमाडौंसँग सहकार्य गरी निर्माण गरिएको बालगीत “क का कि की“ को अडियो/भिडियो विमोचन भएको छ ।
गीतकार रामबाबु सुवेदीले शब्द रचना गर्नुभएको यस बालगीतमा मिलन तिमल्सिनाको सङ्गीत छ । सुप्रिम मल्ल ठकुरी र टेरेशा विश्वकर्माको श्वर रहेको यस बालगीतमा साक्षत नेपाल, ऐसल खनाल, तारा सिंह श्रेष्ठ, आरूशी तिमल्सिनालगायत स्वस्तिश्री गुरुकुल स्कुलका बालबालिकाले कलाकारको भूमिका निर्वाह गरेका छन् । यसै स्कुलमा मंगलबार एक औपचारिक कार्यक्रम गरी गीतको भिडियो विमोचन गरियो । यस बालगीतमा आचार्य गोपालको निर्देशन र परिकल्पना, सुनील भण्डारीको छायाङ्कन, वीरबहादुर थारूको सम्पादन र रूपेश श्रेष्ठको कोरियोग्राफी छ ।
कार्यक्रममा बोल्दै बालबालिकाहरूलाई मनोरन्जनात्मक तरिकाले “क का कि की” सिकाउने उद्देश्यले प्रस्तुत गीत रचिएको गीतकार रामबाबु सुवेदीले बताउनुभयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार जलेश्वरी श्रेष्ठले बालबालिका स्वंयम्ले खुशीसाथ अभिनय गरेको प्रस्तुत भिडियो अत्यन्तै राम्रो र प्रेरणादायी बनेको बताउनु भयो । विशेष अतिथि नेपाल बालसाहित्य समाजका सदस्य समन श्रेष्ठले गीतले बालबालिकाहरूलाई शैक्षिक सामग्रीको रूपमा दस्तावेजीकरण गरेको छ भन्नुभयो ।
स्वस्तिश्री गुरुकुलकी प्राचार्य नेहा के.सी.ले यस गीतको छायाङ्कन प्रक्रियामा बालबालिकाहरूले निकै रमाइलो मानेको बताउनुभयो । उहाँले यो पनि भन्नुभयो कि बालबालिकाको जीवनमा प्रस्तुत भिडियो जीवनभर सम्झनास्वरूप रहिरहने छ ।

बालगीत परियोजनाको “क का कि की“ विमोचन
Facebook Comments Box