फ्रान्समा नेपाली सम्पर्क विभाग गठन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / प्रवास नेपाली सम्पर्क विभागले फ्रान्सको राजधानी पेरिसमा तदर्थ समिति गठन गरेको छ ।
विभागले संस्थाको प्रमुखमा कविन्द्र कायस्थलाई चयन गरेको छ । उपप्रमुखमा टीका अधिकारी र निराजन खड्का नियुक्त हुनुभएको छ । संस्थाले दुई महिलालाई सचिव र उपसचिव चयन गरेको छ । सचिवमा सुमित्रा बुर्लाकोटी हुनुहुन्छ भने उपसचिवमा निलम नेपाललाई जिम्मेवारी दिइएको बताइएको छ ।
संस्थाको सदस्यहरूमा क्रमशः माधव मरहट्ठा, सन्ध्या शर्मा, दीपक महर्जन, गंगा आचार्य, मुबारक हुसेन, राजन कार्की, सुजन बन्जारा रहनुभएको जनाइएको छ । उक्त भेलामा युरोपेली देशहरूमा छरिएर रहेका नेपालीको बाक्लो उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *