राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

Nayabimarsha (Weekly Newspaper from Nepal)

ब्रसेल्स/ बेल्जियम अधिराज्यका लागि नेपालका राजदूत सेवा लम्सालले यहाँका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित समारोहमा लम्सालले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी भनी दूताबासले जनाएको छ ।
बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत लम्सालले नेपाल–बेल्जियम सम्बन्धका विविध पक्षका साथै दुई देशबीचको व्यापार, पर्यटन, लगानी, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउनेबारे विचारविमर्श गरेको भनी दूताबासले जनाएको छ ।
सन् १९९८ मा आफू युवराजधिराज रहँदा गरेको नेपाल भ्रमणको स्मरण गर्दै नरेश फिलिपेले राजदूत लम्सालको कार्यकालमा बेल्जियम र नेपालबीचको सम्बन्ध अझ समृद्ध हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *