काठमाडौं/ सत्ताको चास्नीमा डुबुल्की मार्न नपार्य छटपटिमा परेका नेकपा एशका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतनका नेताहरुविरुद्ध नाराबाजी भएको छ । गत चैत २० गते (२०८१) बाट शुरु भएको शिक्षक आन्दोलनको २७औं दिन आन्दोलनरत शिक्षकहरुप्रति समर्थन जनाउन प्रदर्शनस्थल पुगेका उनीहरुलाई आन्दोलनरत शिक्षकहरुले कोही नेता यहाँ आउनु पर्देन सक्ने भए संसदबाट शिक्षकको माग पूरा गर भन्दै नाराबाजी गरेपछि एक्यबद्धता जनाउन गएका नेताद्वय नेपाल र खनाल लगायतका नेताहरु ट्वाँ परेर फर्किएका थिए ।
उनीहरुले आन्दोलनरत शिक्षकहरुलाई सम्बोधन गर्ने कार्यक्रम थियो । आन्दोलनरत शिक्षकहरुलाई गत आइतबार सरकारले बल प्रयोग गरी पानीको फोहराले हान्दा ठूलो संख्यामा शिक्षकहरु घाइते भएको महासंघ श्रोतले जानकारी दिएको छ । शिक्षकको माग पूरा गर्न काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा लगायतका सत्तापक्षका नेता र विपक्षी सांसदहरुले आवाज उठाएका छन् । सरकार र शिक्षकवीचको वार्ता असफल हुँदा लाखौं विद्यार्थीहरुको भविष्य चौपट बनेको छ भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर धराशायी बन्न पुगेको छ । सरकार भने आन्दोलनरत शिक्षकहरुलाई लगाएर विद्यालय फर्काउने रणनीतिमा जुटेको समाचार श्रोतले बताएको छ । सरकारले राज्यले धान्न सक्ने माग यथाशक्य चाँडो पुरा गर्नुपर्नेमा सर्वत्र आवाज उठेको छ ।
नेकपा एसका नेपाल र खनालविरुद्ध नाराबाजी
Facebook Comments Box
