काठमाडौं/ मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ले प्रदर्शनीको ५१ दिन पूरा गरेको छ । फागुन २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शनी भईरहेको ‘अञ्जिला’ ले गएको शुक्रबार सशस्त्र प्रहरी बल हलचोकमा भव्य कार्यक्रम गरी ५१ दिनको कार्यक्रम मनाएको हो ।
कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्र अझै पनि नेपालको ४५ हलहरुमा र २७ वटा देशमा प्रदर्शनी भइरहेको बताए । यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक मिलन चाम्स र निर्माता प्रेम श्रेष्ठको मात्र सफलता नभई चलचित्र उद्योगकै सफलता भएको भनी सो अवसरमा बताए । उनले नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा देशकै गहना भएको भन्दै यो चलचित्र आफैमा महत्वपूर्ण रहेको बताए ।
एञ्जिला तुम्बापो सुव्वा जीवनीमा आधारित यो चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुव्वा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।
‘अञ्जिला’ को ५१ दिने यात्रा
Facebook Comments Box
