चलचित्र ‘जार’ को ट्रेलरमा अभिनेता सौगात मल्ललाई बगरमा अजंगको बाघले लतारेको दृश्य देख्न सकिन्छ । उक्त बाघ वास्तविक भने होइन । भिएफएक्सबाट बाघ तयार गरिएको बताइएको । ट्रेलर हेर्दा बाघ वास्तविकजस्तो देखिन्छ । बाघ तयार गर्न निर्माताले समय र रकम दुवै पर्याप्त खर्चिएका बताइएको छ ।
साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित भएर बनेको कथामा बाघले मुख्य पात्रलाई लतारेको प्रशंग उल्लेख भएकाले चलचित्रमा त्यो दृश्य अनिवार्य राख्नैपर्ने थियो । नभए कथा पढेका दर्शकले चलचित्र हेर्दा अधुरो महसुस गर्ने भएकाले निर्माताले खर्चको मतलब नगरी बाघको दृश्य राखेका बताइएको छ । त्यसैले निर्देशक फुर्वा छिरिङ लामाले बाघको दृश्य राख्ने निर्णय गरे ।
कुनै पनि स्टुडियोलाई दिने हो भने यसका लागि कम्तिमा ८ देखि १० करोड रुपियाँ खर्च लाग्ने अवस्था थियो । त्यसैले फ्रिलान्सर भिएफएक्स आर्टिस्टलाई काम गराउने निर्णयमा निर्माता पुगेको बताइन्छ । फ्रिलान्सर भिएफएक्स आर्टिस्ट प्रयोग गर्दा पनि दुई करोड रुपियाँ खर्च भएको बताइएको छ ।
