गीतालाई चलचित्र पत्रकारिता पुरस्कार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सञ्चारकर्मी गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा हालै एक विशेष समारोहबीच उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । प्रिज्मा डी.सिने अवार्ड १६औं संस्करणमा अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको हो ।
समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी., विशिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी हुनुहुन्थ्यो । ‘दुई दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिताको माध्यमबाट पत्रकारिता पेशामा अधिकारीले पु¥याउनु भएको योगदान अतुलनीय रहेको भनी प्रशंसा गरिएको थियो । चलचित्र पत्रकारितामा अधिकारीले देखाउनु भएको सक्रियता र निरन्तरता प्रसंशनीय रहेको भनी भनिएको छ ।
मिलाप फाउण्डेशनका अध्यक्षसमेत रहनुभएकी अधिकारीका एक दर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् । ‘मैले पढेका ५२ पुस्तक’ र ‘मेरा कलम डोबहरू’ जस्ता कृति पाठकमाझ आएका छन् । मिलाप मासिक र अनलाइनकी कार्यकारीसमेत रहनुभएकी अधिकारीका राजधानी र मोफसल दैनिक पत्रपत्रिकाहरूमा समसामायिक विषय, महिला हिंसाका साथै विभिन्न साहित्यिक लेख रचनाहरू प्रकाशित भइरहेका हुन्छन् ।
पत्रकारिताका अलावा विभिन्न विज्ञापन, तथा चलचित्रका पर्दामा पनि देखिने गीत साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । प्रिज्मा डी.सिने अवार्ड समारोहमा कला क्षेत्रका अन्य विशिष्ठ व्यक्तित्वहरूलाई उहाँहरूले यस क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान एवं पुरस्कार अर्पण गरिएको थियो । यस्तै चलचित्रका विभिन्न २१ विधाका स्रष्टा सर्जकलाई अवार्ड प्रदान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *