अजय देवगनको छोराले गरे ‘डेब्यु’

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ हिन्दी सिनेमाका चर्चित अभिनेता अजय देवगनका छोरा युग देवगनले बुबाको पाइला पछ्याउँदै अब युगले पनि चलचित्री दुनियाँमा डेब्यु गर्दैछन् ।
अजय देवगन र युग देवगनले आगामी हलिउड चलचित्र ‘कराटे किडः लेजेन्ड्स’ को हिन्दी संस्करणमा सँगै आवाज दिएका छन् । ज्याकी च्याङको आवाजमा अजय देवगन बनेका छन् भने ली फोङको क्यारेक्टरमा युगले श्वर दिएका छन् । चलचित्रको संसारमा युगको यो पहिलो अनुभव हुनेछ । यसैगरी अजयले पहिलो पटक अन्तर्राष्ट्रिय चलचित्रका लागि आवाज दिएका हुन्, उनको पनि यो पहिलो अनुभव नै हुनेछ ।
काजोल र अजय देवगनका छोरालाई चलचित्रको दुनियाँको मनपर्ने बताइएको छ । उनी आफ्ना बुवाको आगामी चलचित्र ‘सन अफ सरदार २’ को सुटिङका क्रममा पनि सेटमा देखिएकाले उनको चाहनालाई यसले देखाएको बताइएको छ । युगले अभिनयमा डेब्यु नगरेको हुन सक्छ तर अहिले उनी आफ्नो आवाजको जादु फैलाउन तयारी अवस्थामा रहेको बताइएको छ ।
सोनी पिक्चर्स इन्टरटेनमेन्ट इन्डियाले अजय देवगन र युग देवगनसँग मिलेर यो पहल गरेको हो ।ज्याकी च्यानको यो चलचित्र मे ३० मा भारतमा रिलिज हुने बताइएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *