पेन्सन योजना र पुँजी बजार सम्बन्धी कोषको प्रशिक्षण

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नागरिक लगानी कोषले आफूले सञ्चालन गर्दै आइरहेको नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धमा प्रशिक्षण दिने कार्य गर्दै आएको छ । यस क्रममा नेपाल कमर्श क्याम्पस मीनभवनका एम.बि.ए. फाइनान्सका विद्यार्थीहरूलाई जेठ ९ गते प्रशिक्षण दिने कार्य गरिएको कोषले जनाएको छ ।
कोषले पेन्सन योजनामा सहभागिता जनाउने प्रक्रिया, त्यसबाट हुने फाइदा लगायतका विषयमा जानकारी गराउने कार्य गर्दै आएको कोषका उद्धव सिलवालले ‘नयाँ विमर्श’ लाई जानकारी गराउनु भयो । ‘नागरिक पेन्सन योजना सहभागी होऔं, अवकाशपछिको जीवन सुरक्षित बनाऔं’ भन्ने नारालाई आत्मसाथ गर्नुपर्ने विषयमा कोषका उप–निर्देशक नारायण घिमिरेले प्रशिक्षणमा प्रकाश पार्नुभयो ।
सोही अवसरमा नेपालको पुँजी बजार, शेयर खरिद बिक्री र पुँजी बजारका औजारहरूको बारेमा विवेक अधिकारीले प्रशिक्षण दिनुभयो । उहाँले शेयर बजार सम्बन्धी जानकारीसहित आर्थिक र प्राविधिक विश्लेषणको बारेमा प्रशिक्षण दिनुभएको थियो । शेयर बजारका उपकरणहरू, दोस्रोे बजार, सूचीकृत कम्पनीको पोर्टफोलियो, पुँजी बजारका चरणहरू, सूचक विश्लेषण विधिका बारेमा उहाँले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा कोषका निर्देशकद्धय शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं क्याम्पसका सह–निर्देशक मदन पोखरेल, सहायक क्याम्पस प्रमुख निश्चल रिसाल एवं सन सेक्युरिटिजका प्रबन्ध निर्देशक कृष्ण गिरी लगायतको उपस्थिति थियो ।
यसैबीच कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र पोलिक्लिनिकको तर्फबाट प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतामा कोषका कर्मचारी, सञ्चालक र परिवारका सदस्यलाई ल्याब, बेड, फार्मेसी, अल्ट्रासाउण्ड, इसिजि र एक्स्रेलगायतमा १० देखि २५ प्रतिशतसम्म छुट दिइने उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *