काठमाडौं/ काठमाडौंमा संचालित रहेको फेन्कलिन एजुकेशन एण्ड मार्केटिङ कन्सल्टेन्सीमा बेलायतबाट युनिभर्सिटीका प्रतिनिधिहरुले भ्रमण गरेका छन् । यसै हप्ता कन्सल्टेन्सीको भ्रमणमा आएका टोलीलाई फ्रेन्कलिन एजुकेशन कन्सल्टेसीका उमेश खड्का लगायतले स्वागत गर्नु भएको थियो ।
बेलायतमा प्रशिद्ध रहेको University of East Londonका डिरेक्टर अफ रिक्रुमेन्ट एण्ड एड्मिन्स Stefanie W. तथा डेपुटी हेड Pavel Bawa ले फ्रेन्कलिनको कार्यालयको समेत भ्रमण गर्नु भएको थियो । सो टोलीमा स्टुडेन्ट रिक्रुमेन्ट अफिसर असिम घिमिरे पनि रहनु भएको सो कन्सल्टेन्सीले जनाएको छ ।
बेलायतमा उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीहरुको पहिलो रोजाइमा फ्रेन्कलिन कन्सल्टेन्सी पर्दै आएको बताइन्छ । बेलायतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुका लागि सही शैक्षिक परामर्श दिंदै आएको उक्त कन्सल्टेन्सी कमलादीमा मुख्य कार्यालय राखी विधिवत रुपमा संचालित रहँदै आएको छ ।
कन्सल्टेन्सीले मुनाफालाई भन्दा पनि नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावकहरुका लागि सहज र सही परामर्श दिने कार्यलाई प्राथमिकतामा राख्दै आएको विद्यार्थीहरु बताउँछन् । उक्त कन्सल्टेन्सीले बेलायतमा रहेका विभिन्न युनिभर्सिटीका अतिरिक्त जापान तथा युरोपका केही देशहरुका युनिभर्सिटीहरुसँग सहकार्य गरी नेपाली विद्यार्थीहरुको सपनालाई साकार पार्ने प्रयास गरिरहेको बताइन्छ ।
फ्रेन्कलिनमा लण्डनबाट भ्रमण
Facebook Comments Box
