राशीफल

Nayabimarsha (Weekly Newspaper from Nepal)

मेष : सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुने साता छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरुभन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउने देखिन्छ । सरकारी तथा पैत्रिक धन सम्पत्ति हात लागी हुने सम्भावना छ । व्यापार वा शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग प्राप्त हुने योग छ ।

बृष: व्यापार व्यवसाय फस्टाएर जाने साता छ । आम्दानीका मार्गहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत, संगीत तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्ने साता रहेको छ । प्रेममा सुधार हुने देखिन्छ । समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउने देखिन्छ, त्यसैले सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहे फाइदा हुने देखिन्छ ।

मिथुन: पढाइ–लेखाइमा राम्रो प्रगति हुने साता रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ । मन्दिर तथा धार्मिक प्रतिष्ठानतिरको यात्रा जुर्ने देखिन्छ । व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको सहभागिता उच्च स्तरको रहनेछ ।

कर्कट: आफन्त तथा दिदीबहिनीसँग साना कुरामा राय बाजिने साता भएकाले अलि सोचेर मात्र बोली र व्यवहार गर्नु होला । घमण्ड गर्ने बानीले आफैंलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्ने देखिन्छ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरु टाढिने छन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नु होला नराम्रा घट्नाहरुको सामना गर्नु पर्ने खालको योग देखिन्छ । लामो दुरीको यात्रा गर्ने योग रहेको छ ।

सिंह: उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ । बहुमुल्य धातु संग्रह गर्न सकिने छ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुने छन् । भौतिक सम्पत्ति तथा विलाशी बस्तुको प्रयोगमार्फत अरुको मन आपूmतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरुको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरु गर्न सकिने देखिन्छ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कन्या: विवाद तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउने देखिन्छ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जाने छन् । आर्थिक अवस्था सुदृढ बनाउन चालिने कदमहरु स्वस्फूर्त रुपमा सकारात्मक दिशामा अघि बढ्ने साता छ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रसस्त सम्भावना रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ ।

तुला: खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्ने छ । विलाशीताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी बढाउन सकिने छ । बंश बृद्धिको गतिलो योग रहेको छ । नोकरीमा बढुवा हुने योग छ । बौद्धिकताले सम्मान दिलाउनेछ ।

बृश्चिक: कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुने भएकाले यो साता प्रतिस्पर्धीहरुबाट सतर्क भएर मात्र कार्य गर्नु होला । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्ने खालको योग छ ।

धनु: नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिने खालको साता रहने छ । उद्योग, व्यापार व्यवसाय फस्टाएर जानेछ । पतिपत्नीबीच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । विवाद तथा हुलमुलकाबीच पनि राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीतिककर्मीहरुले भने सचेत भएर मात्र आफ्ना योजनाहरु अघि बढाउनु उचित हुने अवस्था छ ।

मकर: आफन्त साथीभाइ तथा कुटुम्बबाट आउने सुखद समाचारले मन प्रसन्न हुनेछ । व्यवसाय फस्टाएर जानेछ । विशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरुका लागि साता फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पति पत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।

कुम्भ: अध्ययनमा सुधार भएर जानेछ । अरुलाई पछाडि छोडेर अग्रपंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आँटेको काम बन्नेछ । जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । शेयर बजार, उद्योग तथा व्यवसायको लगानीबाट नाफा कमाउन सकिनेछ । राजनीतिमा पदप्राप्तिको योग रहेकोछ ।

मीन: स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छन्, त्यसैले अल्छी नगरी कार्यहरु गर्नु होला । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा समय व्यतित गर्नुपर्ने खालको योग छ । राजनीतिमा पदप्राप्तिको योग रहेकोछ । विदेशी सामानको व्यापारबाट लाभ लिन सकिने तथा विदेश यात्राको गतिलो योग रहेकोछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *