काठमाडौं/ पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी तथा काठमाडौँ उपत्यकामा उपस्थित नेताहरूको संयुक्त बैठक बुधबार बसेको छ ।
बैठकले वर्तमान राजनीतिक अवस्थाबारे गहिरो समीक्षा गर्दै, देशमा व्याप्त भ्रष्टाचार, लुटतन्त्र, शोषण र बेथितिविरुद्ध पार्टीको स्पष्ट र दृढ धारणा सार्वजनिक गरेको छ । यो अभियान अन्याय, उत्पीडन र भ्रष्टाचारविरुद्ध जनताको आवाज बनेर उठ्ने नेताहरुले बताएका छन् ।
पार्टीले भदौ २७ गते काठमाडौँमा हुने ‘उत्पीडित जनताको मुक्ति आन्दोलन तथा वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा देशभरका आम नागरिकलाई सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ ।
उपाध्यक्ष सीमा खानको सञ्चालित बैठकमा महासचिव अनन्त राई, कोषाध्यक्ष ममताज अन्सारी, उपमहासचिवहरू जनक कार्की र सुरेन्द्र प्रधान, सचिव दिनेश पाख्रिन, उपत्यका इन्चार्ज चन्द्र तामाङ, विदेश विभाग प्रमुख ठाकुरचन्द्र गहतराजका नेताहरूको उपस्थिति थियो ।
भ्रष्टाचारविरुद्ध संघीय समाजवादी
Facebook Comments Box
