काठमाडौं/ काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीको आयोजनामा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ हुने भएको छ । शैक्षिक मेला १२ अगष्टबाट शुरु भएर ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
सो फेयरमा अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधिहरू उपस्थित हुने बताइएको छ । फेयरमा आईएलट्स र टोफेलका बारेमा निःशुल्क जानकारी र १० भन्दा बढी विद्यार्थीलाई परीक्षा व्यवस्था गरिनेछ । यो शैक्षिक मेलामा अष्ट्रेलियाका विभिन्न कलेजहरुका प्रतिनिधिहरुकै उपस्थितिमा कुन शहरका कुन विश्वविद्यालयमा जाँदा विद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइनेछ ।
यस फेयरमा अष्ट्रेलियामा रहेका विश्वबिद्यालयहरुको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्स्लररुबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आईएलट्स, टोफेलका बारेमा पनि जानकारी दिइने बताइएको छ ।
